+
+

कोका-कोलाले युथ स्पिक फोरमसँगको सहकार्यमा (वाईएसएफ) २०२२ आयोजना गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते २०:०८

८वैशाख, काठमाडौं । कोका-कोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष पनि योथ स्पिक फोरम सञ्चालन गर्दैछ । कोका-कोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो र त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

यो वर्ष वाईएसएफको मुख्य विषय युवा विकास र उनीहरुको चासोलाई सम्बोधन गर्नु रहेको छ । कोका-कोला नेपालले विगत ५ वर्षदेखि युवा सशक्तीकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।

वाईएसएफ इंगेज विथ आइसेक अन्तर्गतको एउटा कार्यक्रम हो, जसको मुख्य उद्देश्य युवा सशक्तिकरण गर्नु हो । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्धाहरुको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।

सशक्तीकरण, सहभागिता र प्रतिवद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ र त्यसमार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नको निम्ति योगदान दिन सकिन्छ भन्ने कुरामा जोड दिन्छ ।

अहिलेको पुस्ता अनियन्त्रित फोहोर व्यवस्थापनको असरले प्रत्यक्ष प्रभाव पारेको पहिलो पुस्ता हो र यसबारेमा केही गर्न सक्ने पनि अन्तिम पुस्ता हो । यस वर्षको युथ स्पिक फोरमको विषय “स्वच्छ भोलिको लागि दिगो फोहोर व्यवस्थापन” रहेको छ । वाईएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्ऽित हुनेछन् ।

कोका-कोलाको ‘संसारलाई रिप|mेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने’ उद्देश्य र आइसेकको ‘मानवीय क्षमताको पूर्णसदुपयोग र शान्ति’ उद्देश्यसहित यसपालीको योथ स्पिक फोरम सञ्चालन हुँदैछ, जसले यिनीहरु दुवैलाई आˆनो उद्देश्यको एक कदम नजिक ल्याएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?