+
+

आईपीएलमा पञ्जाबले चेन्नईलाई ११ रनले हरायो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते ५:४५
Photo Credit : IPL

१३ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले चेन्नई सुपर किंग्सलाई ११ रनले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले ४ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । १८८ रनको विजय लक्ष्य पछ्याएको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १७६ रन मात्र बनाउन सक्यो ।

पन्जाबको जितमा शिखर धवनले अविजित ८८ रन योगदान गरे । धवन प्लेयर अफ द म्याच भए । यसैगरी भानुका राजपाक्षले ४२ र कप्तान मयंक अग्रवालले १८ रन जोडे ।

बलिङतर्फ ड्वेन ब्राभोले २ विकेट लिए ।

चेन्नईको सुरुवात राम्रो थिएन । फर्ममा देखिएका रोबिन उथप्पा यो खेलमा १ रनमै आउट भए । त्यसपछि ऋतुराज गायकवाडले ३० रन बनाए । ऋतुराज आउट भएपछि अम्बाती रायडुले कप्तान रविन्द्र जडेजासँग मिलेर स्थिति सम्हाल्ने कोसिस गरे । तर तीव्र गतीमा रन बटुल्न खोज्दा रायडु ७८ रनमा आउट भए । उनले ७ चौका र ६ छक्का प्रहार गरे । जडेजा २१ रनमा अविजित रहे ।

बलिङतर्फ पञ्जाबका कागिसो रबाडा र ऋषि धवनले २–२ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?