+
+

रौतहटमा ४८६८ जनाको मनोनयन दर्ता

गौतम श्रेष्ठ गौतम श्रेष्ठ
२०७९ वैशाख १३ गते १०:३०

१३ वैशाख, रौतहट । स्थानीय तहको निर्वाचनका लागि रौतहटका १८ वटा स्थानीय तहमा दलगत तथा स्वतन्त्र गरी ४८६८ जनाको मनोनयन दर्ता भएको छ ।

मनोनयन दर्ताको सोमबार अन्तिम दिनसम्म रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा मेयरदेखि वडा सदस्यसम्ममा ४ हजार ८६८ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

रौतहटको माधवनारायण नगरपालिकामा सबैभन्दा बढी ३५२ जनाले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका छन् भने सबैभन्दा कम मौलापुर नगरपालिकामा ९२ जनाको मनोनयन दर्ता भएको छ ।

रौतहटको पहिलो नगरपालिका गौरमा ३३६ जनाको मनोनयन दर्ता हुँदा मध्यक्षेत्रमा रहेको गरुडा नगरपालिकामा २ सय २९ जना र उत्तरी क्षेत्रमा रहेको चन्द्रपुर नगरपालिकामा ३१३ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

रौतहटको ईशनाथ नगरपालिकामा २७७, कटहरीयामा २४५, गढीमाईमा ३०९, गुजरामा ३०४, देवाही गोनाहीमा २०४, परोहामा २७३, फतुवा विजयपुरमा ३४३, बौधिमाईमा ३११, माधवनारायणमा ३५२, राजदेवीमा २५४, राजपुरमा २८३, वृन्दावनमा ३०४ जनाले उम्मेदवारले मनोनयन दर्ता गरेका छन् ।

यसैगरी रौतहटका गाउँपालिकाहरु दूर्गा भगवतीमा १९६ र यमुनामाईमा २४३ जनाको मनोनयन दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रौतहटले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?