+
+

नाम्खा गाउँपालिका-६ मा वडाध्यक्षसहित सबै निर्विरोध

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २०:१४

१३ वैशाख, हुम्ला । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा नाम्खा गाउँपालिका-६ को वडाध्यक्षसहित सबै पदमा एकल उम्मेदवारी परेको छ ।

निर्वाचन अधिकृतको कार्यालय हुम्लाका अनुसार वडाध्यक्षमा पाल्जोर तामाङको एकल उम्मेदवारी परेको हो ।

वडा सदस्यमा हल्जी गाउँबाट छिरिङ टुङडुप तामाङ, जाँङ गाउँबाट महिला सदस्य पुटी तामाङ र तिल गाउँबाट टुङडुप लामाको मात्रै एकल उम्मेदवारी परेको सहायक निर्वाचन अधिकृत धर्मराज न्यौपानेले जानकारी दिए ।

गत ३० मंसिरमा लिमेली जनताले पाल्जोर तामाङलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेका थिए । लिमेली जनताले वडा सदस्यहरु पनि सोही दिन टुंगो लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?