+
+

वागीले उम्मेदवारी फिर्ता नलिए कारबाही गर्ने माओवादीको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १३ गते २०:३९
नेकपा माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री ।

१३ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रको वागमती प्रदेश समितिले पार्टीको निर्णय र सत्तारुढ गठबन्धनले सहमति गरेका उम्मेदवार विरुद्ध उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएको छ ।

प्रदेश समिति अध्यक्ष सरल सहयात्रीले मंगलबार एक विज्ञप्ति जारी गर्दै वैशाख १५ गतेभित्र उम्मेदवारी फिर्ता नलिए कारवाही गर्ने चेतावनी समेत दिएको छ।

‘पार्टी र गठबन्धनका विरुद्ध स्वतन्त्र चिह्न लिदै वागी उम्मेदवार दिने पार्टीका सबै कमरेडहरुलाई २०७९ वैशाख १५ भित्र अनिवार्य उम्मेदवारी फिर्ता गर्न र पार्टी निर्णय विपरीत कदम नचाल्नका लागि निर्देशन गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

उम्मेदवारी फिर्ता नलिए प्रदेश समितिले जारी गरेको निर्वाचन निर्देशिका अनुसार सबै जिम्मेवारीबाट तत्काल निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउनले अध्यक्ष सहयात्रीले बताएका छन् ।

यसअघि माओवादीको भोजपुर जिल्ला समितिले पार्टीको नीति विपरीत नेकपा एमालेसँग तालमेल गरेको भन्दै नेताहरुलाई साधरण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ ।

हेर्नुहोस् विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?