+
+

बुटवलमा सुनचाँदी पसलबाट ३ करोडको सुन र गहना चोरी

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख १४ गते १५:५५

१४ वैशाख, बुटवल । बुटवलको बीपीचोक नजिकै एक सुनचाँदी पसलबाट ३ करोड बराबरको सुनका तयारी गहना, कांचो सुन र ५ लाख रुपैयाँ नगद चोरी भएको छ ।

कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलबाट सोमबार राति सटर र लकर काटेर ५० तोलाको तयारी गहना र काँचो सुनसमेत चोरी भएको हो ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले ३ करोड रुपैयाँ बराबरको गहना र काँचो सुन चोरी भएको निवेदन दिएको बताए ।

कपडा पसल सञ्चालनको लागि भन्दै सुन पसलसंगै जोडिएको सटरमा बस्दै आएका भारतीय नागरिकले योजनावद्ध रुपमा ग्यास कटरको प्रयोगबाट सटर र लकर काटेर चोरी गरेको सीसीटीभी फुटेजमा देखिएको उनले बताए ।

कपडा पसल गर्न भन्दै २ जना भारतीय नागरिकले ३ महिना घरधनीलाई एक वर्षको ३ लाख अग्रिम भुक्तानी दिएका दिएर घरभाडा सम्झौता गरेका थिए । उनीहरुले घरधनीलाई भारतीय आधार कार्डको प्रतिलिपि समेत बुझाएका थिए । अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले नाम खुलाएको छैन ।

उनीहरुले सोमबार दिंउसो मात्र एलपी ग्यास र अक्सिजन ग्याँसको सिलिण्डर सो सटरमा भित्राएका थिए । सोमबारकै मध्यराति ग्याँस कटरको प्रयोगमा सटरको ताला सहित लकर फोडेर पसलमा भएको सबै गरगहना, सुन र नगद लिएर उनीहरु फरार भएका हुन् ।

पसल बाहिरको सीसी क्यामेरामा कैद गरिएको फुटेज प्रहरीले बरामद गरेको छ भने घरधनीसंगको कागजपत्र पनि प्रहरीले अनुसन्धानका लागि लगेको छ ।

सीसीटीभी फुटेजमा मंगलबार बिहान ६ बजे उनीहरु चोरी गरेर निस्केको देखिएको छ । रुपन्देहीमा पछिल्लो एक महिनाको अवधिमा ३ वटा सुनचाँदी पसलमा चोरी भइसकेको छ ।

घटनाको बिहान घटनास्थल पुगेको प्रहरीले घटनाको गहिरो अनुसन्धान शुरु गरेको दाबी गरेको छ । घरधनीसँग गरेको घरभाडा सम्झौता, आधारकार्ड र सीसीटिभी क्यामेराको फुटेजका आधारमा सीमापारीको काउण्टर पार्ट प्रहरीसंग समन्वय गरेर अनुसन्धान थालिएको र चोरीमा संलग्नको पहिचान भइसकेको डीएसपी केसीले जानकारी दिए ।

आधार कार्डका आधारमा भारत उत्तर प्रदेशका सत्येन्द्र गौतम र राजीव शर्माको खोजी भइरहेको उनले बताए । ३ महिनाको योजनामा चोरी गर्ने गिरोहले सो सुन पसल चोरी गरेको हुन सक्ने प्रहरीले प्ररारम्भिक अनुमान गरेको छ । चोरी लगत्तै सरासर सीमा पार गरेर गएको मोबाइल लोकेसनबाट खुलेको समेत डीएसपी केसीले बताए ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?