+
+

गुल्मीमा १,३२५ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:३१

१४ वैशाख, गुल्मी । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि गुल्मी जिल्लामा १ हजार ३२५ जनाको उम्मेदवारी परेकाे छ ।

जिल्ला निर्वाचन कार्यालय गुल्मीका निर्वाचन अधिकृत माया कुँवरका अनुसार १२ पालिका प्रमुखका लागि ७३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ । जसमध्ये २७ जनाले अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

१२ उपप्रमुख पदका लागि ५१ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्  । त्यसमध्ये ९ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ९३ जना वडाध्यक्ष पदका लागि ३ सय ४३ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको निर्वाचन अधिकृत कुँवरले बताइन । जसमध्ये ९१ जनाले वडाध्यक्ष पदमा स्वातन्त्र उम्मेदवारी दिएका छन् । १२ वटा स्थानीय तह रहेको गुल्मीमा ४८९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

कुन स्थानीय तहमा कति उम्मेदवार ?

रेसुङ्गा नगरपालिकामा २११, मुसिकोट नगरपालिकामा ११४, सत्यवत्ति गाउँपालिकामा ११६, रुरुक्षेत्र गाउँपालिकामा ७९ जनाको उम्मेदवारी परेको छ । यस्तै मालिका गाउँपालिकामा ९७, मदाने गाउँपालिकामा ११५, धुर्कोट गाउँपालिकामा ११६ र छत्रकोट गाउँपालिकामा ८० जनाको उम्मेदवारी मनोनयन दर्ता भएको कुँवरले बताइन ।

यस्तै चन्द्रकोट गाउँपालिकामा १०९, गुल्मीदरवार गाउँपालिकामा १०४, कालिगण्डकी गाउँपालिकामा ८७ र इस्मा गाउँपालिकामा ९७ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

स्थानीय तह निर्वाचनका लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?