+
+

माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल, एमालेका आचार्यले गरे उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १६:४१

१४ वैशाख, चितवन । चितवनको माडी नगरपालिकामा एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन् ।

माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् । दुवै पार्टीले माडीमा एक कार्यक्रमकाे आयाेजना गरी तालमेलकाे सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

१२ वैशाखमा उम्मेदवारी दर्ताकाे दिन दुई पार्टी बीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका थिए ।

उम्मेदवारी फिर्ता कार्यक्रममा बाेल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीकाे एक असल कार्यकर्ता भएको नाताले तालमेलकाे भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताए ।

उनले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताए । राप्रपाका तर्फबाट उपमेयरमा मदन पाैडेलले उम्मेदवारी दिएका छन् ।

साे कार्यक्रममा बाेल्दै उपमेयरका उम्मेदवार पाैडेलले आफू मेयरकाे आकांक्षी भए पनि पार्टीले निर्णय गरेकोले उपमेयरमा उम्मेदवारी दिएको बताए । पाैडेल यसअघिकाे स्थानीय तहकाे निर्वाचनमा मेयरकाे उम्मेदवार बनेर पराजित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?