+
+

पर्यटनमन्त्री आलेसहित २६० यात्रु बोकेर नेवानिको वाइडबडी जहाज बिहीबार भैरहवा जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १८:१८

१४ वैशाख, काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट ‘अपरेशन फ्लाइट’ हुने भएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमा विमानस्थल सञ्चालनका लागि योग्य भएको सन्देश प्रवाह गर्न यस्तो उडान गर्न लागिएको हो । यसलाई परीक्षण उडानका रुपमा समेत लिइएको छ । यसअघि एरोथाइको जहाजबाट यो विमानस्थलमा यान्त्रिक उडान भएको थियो । त्यसपछि उडानयोग्य बनेको विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आह्वान गर्नु अगाडि यस्तो उडान गर्न लागिएको उनले बताए ।

दाहालका अनुसार पर्यटनमन्त्री प्रेम आलेसहित २६० जना यात्रु बोकेर वाइडबडी जहाज बिहीबार अपरान्ह ३ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट भैरहवा विमानस्थल उड्ने छ । यो जहाज ४५ मिनेटमा भैरहवा अवतरण गर्नेछ ।

भैरहवाबाट ४ः४५ मा सो जहाज काठमाडौंका लागि उड्ने छ । यस अवधिमा भैरहवामा औपचारिक कार्यक्रम हुनेछ ।

विमानस्थलमा सबै उपकरण तथा प्रक्रियाहरु सुचारु गरिने छन् । यात्रुलाई नयाँ टर्मिनलबाट बाहिर निस्कने व्यवस्था मिलाइने छ । यसअघि यस्तो उडान १ वैशाखमा गर्ने भनिएको थियो । तर, तयारी नपुगेका कारण रोकिएको थियो । यो विमानस्थलबाट २ जेठमा व्यवसायिक उडान सुरु हुने छ । पहिलो उडान कुवेतको जजिरा एयरवेजले गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?