+
+
Shares

कालिकोटमा गठबन्धन दलभन्दा बाहिर तालमेल नगर्ने सहमति

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १८:४७

१४ वैशाख, काठमाडौं । कालिकोटमा दलहरूले आन्तरिक सहमति हुन नसके गठबन्धनभन्दा बाहिरका दलसँग तालमेल नगर्ने सहमति गरेका छन् ।

बुधबार जिल्लामा रहेका दलहरूले गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गर्ने तर, अन्य पार्टीसँग तालमेल गर्न नपाउने निर्णय गरेका हुन् ।

कालिकोटमा गठबन्धनका उम्मेदवारभित्र सहमति जुट्न नसकेपछि अधिकांश पालिकामा एक्लाएक्लै र बागी उम्मेदवारी परेका छन् । केन्द्रबाटै गठबन्धनमा भएको सहमति कार्यन्वयनका लागि निर्देशन भएपछि जिल्लामा बसेको संयन्त्रको बैठकले पनि उक्त निर्णय गरेको हो ।

जिल्लाका ५ दलीय संयन्त्रका दलहरूले कालिकोटका ९ वटै स्थानीय तहमा गठबन्धनभित्र मात्र तालमेलका लागि पार्टीका स्थानीय तहलाई तत्काल बैठक बसि सहमति कायम गर्न अधिकार दिने गरेका हुन् ।

बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ, ‘गठबन्धनभित्र सहमति हुन नसकेमा स्वस्थ र मित्रवत प्रतिस्पर्धा गठबन्धन दलबीच मात्र गर्ने तर गठबनधल दलबाहेक अन्य पार्टीसँग तालमेल गर्न नपाउने ।’

गठबन्धन दलहरू कमजोर भएका स्थानीय तह र वडाहरूमा अनिवार्य गठबन्धन गरी सम्बन्धित स्थानीय तहहरूले चुनाव जिताउन विशेष पहल गर्ने निर्णय पनि कालिकोटमा भएको छ ।

हेर्नुस् परिपत्र

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?