+
+

आफ्नो इन्स्टाग्रामको सबैभन्दा पूरानो कमेन्ट कसरी हेर्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते १९:३३

१४ वैशाख, काठमाडौं । पछिल्लो समय इन्स्टाग्राम प्रयोगकर्ताहरुमा इन्स्टाग्रामको आफ्नो सबैभन्दा पूरानो कमेन्ट शेयर गर्ने ट्रेण्ड चलिरहेको छ ।

यो सँगै प्रयोगकर्ताहरुले आफ्नो सबैभन्दा पूरानो इन्स्टाग्राम कमेन्ट सम्मिलित भिडियो तयार गरे इन्स्टाग्राम रिल्स तथा टिकटक भिडियो तयार गरिरहेका छन् ।

वास्तवमा कुनै सोसल मिडियामा आफुले गरेको पहिलो कमेन्ट खोज्नु निकै झञ्झटिलो काम हो जस्तो लाग्दछ । तर यथार्थमा यो निकै सरल छ । इन्स्टाग्रामले हालै एउटा नयाँ फिचर ल्याएको छ जसले प्रयोगकर्तालाई आफ्ना पोष्ट, कमेन्ट तथा सोसल मिडिया प्लाटफर्मका अन्य एक्टिभिटीहरुलाई सजिलैसँग डिलिट गर्न सहयोग गर्दछ ।

इन्स्टाग्रामको यो फिचर Your Activity खण्डमा रहेको छ । यसमार्फत् इन्स्टाग्राम प्रयोगकर्ताले इन्स्टाग्रामका आफ्ना पोस्ट, स्टोरिज, आइजिटिभी तथा रिल्स भिडियोलाई अनुगमन गर्न, एकैचोटी डिलिट गर्न वा आर्काइभ गर्न सक्दछन् ।

साथै आफूले गरेका कमेन्ट, लाइक्स, स्टोरी स्टिकर रिएक्सन आदिलाई पनि डिलिट गर्न वा आर्काइभ गर्न सकिन्छ । यसक्रममा यदि तपाइँले इन्स्टाग्राममा आफुले गरेको पहिलो कमेन्ट के रहेछ ? भन्ने थाहा पाउन चाहनुहुन्छ भने निम्न विधि अपनाउन सक्नुहुनछ :

  •  आफ्नो स्माटफोनमा इन्स्टाग्राम अकाउन्ट लगइन गर्नुहोस्
  • त्यसपछि पिँधको दायाँपट्टि रहेको प्रोफाइल पिक्चरमा ट्याप गरी आफ्नो प्रोफाइलमा जानुहोस्
  • स्क्रिनको दायाँ माथिपट्टि रहेको तिनधर्के आइकनमा ट्याप गर्नुहोस्
  • मेन्यूमा रहेका Your Activity अप्सनमा थिच्नुहोस्
  • Interactions अप्सनमा थिच्नुहोस्
  • Comments मा थिच्नुहोस् र त्यसपछि Sort and Filter मा थिच्नुहोस् त्यसपछि Oldest to Newest अप्सनमा थिच्नुहोस् र अन्त्यमा Apply बटनमा थिच्नुहोस् ।

यसो गरिसकेपछि तपाइँले इन्स्टाग्राममा गरेका कमेन्टहरु सबैभन्दा पूरानो देखि नयाँ सम्म क्रमैसँग देखिन्छन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?