+
+
Shares

इन्स्टाग्राम अकाउन्ट बन्द भयो ? यसरी लिनुहोस् फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०८१ माघ २८ गते १४:११

यदि तपाईंको इन्स्टाग्राम अकाउन्ट निलम्बन भयो र त्यसलाई रिकभर कसरी गर्ने भनेर आत्तिनुभएको छ भने चिन्ता नगर्नुहोस् ।

कहिलेकाहीँ इन्स्टाग्रामले भ्रम वा गलत बुझाइका कारण पनि अकाउन्टलाई ब्लक वा निलम्बन गरिदिन सक्दछ । तथापि इन्स्टाग्रामका मापदण्ड अर्थात् कम्युनिटी गाइडलाइन्सको उल्लंघन नै अकाउन्ट निलम्बन वा प्रतिबन्धको प्रमुख कारण हो । यद्यपि कहिलेकाही कुनै ठोस कारणविना पनि तपाईंको इन्स्टाग्राम निलम्बन भएको हुनसक्छ । यदि त्यसरी निलम्बनमा परेको आफ्नो अकाउन्ट छिटै रिकभर होस् भन्ने चाहनुहुन्छ भने त्यसका लागि सहज उपाय हुन्छ।

अकाउन्ट निलम्बन हुँदा सबैभन्दा के कुरा बुझ्नु आवश्यक छ भने इन्स्टाग्रामले यस्तो अवस्थामा अपिल गर्ने एउटा मौका दिन्छ । त्यसैले तपाईंले एउटा फाराम भर्नु पर्दछ र आफ्नो पहिचान वा अकाउन्टसँग सम्बन्धित सही जानकारी दिनुपर्ने हुन्छ ।

अकाउन्ट रिकभरी प्रक्रियाको चरणबद्ध प्रक्रिया

  • सबैभन्दा पहिले फोनमा इन्स्टाग्राम एप खोल्नुहोस् र आफ्नो युजरनेम र पासवर्डबाट लगइन गर्ने कोसिस गर्नुहोस्।
  • यदि स्क्रिनमा Your Account Has Been Suspended लेखेको देखियो भने त्यहाँ दिइएको अपिल फर्म लिंकमा क्लिक गर्नुहोस्
  • फर्ममा आफ्ना सही जानकारीहरु भर्नुहोस्, जसमा आफ्नो पूरा नाम, युजरनेम तथा अकाउन्टसँग सम्बन्धित इमेल ठेगाना लगायतका जानकारी हुन्छन् 
  • यदि इन्स्टाग्रामले माग्यो भने आफ्नो परिचय पत्र लगायतका पहिचान खुल्ने कागज अपलोड गर्नुहोस्
  • त्यसपछि आफ्नो मोबाइल नम्बर तथा त्यसमा आउने ओटिपी हाल्नुहोस् र Submit बटनमा क्लिक गर्नुहोस्
  • त्यसपछि तपाईंलाई इन्स्टाग्रामको तर्फबाट एउटा कन्फर्मेसन इमेल आउनेछ । त्यसमा तपाईंले आफ्नो पहिचानलाई अझै राम्रोसँग प्रमाणीकरण गर्नका लागि केही चरण पार गर्नुपर्ने हुन्छ।

इन्स्टाग्रामबाट कति समयमा जवाफ आउँछ ?

अकाउन्ट रिकभरी प्रक्रिया पूरा गरेपछि इन्स्टाग्रामले तपाईंको अनुरोधको समीक्षा गर्नेछ । आम रुपमा २४ घण्टादेखि ७ दिन भित्रमा इन्स्टाग्रामले तपाईंलाई इमेलको माध्यमबाट जवाफ पठाउँछ । यदि सबै कुरा ठीक भयो र इन्स्टाग्राम तपाईंको अपिलमा सहमत भयो भने तपाईंके ब्लक वा निलम्बन भएको अकाउन्ट पुनः एक्टिभेट गरिन्छ ।

यदि ७ दिनभित्रमा पनि कुनै जवाफ प्राप्त भएन भने तपाईंले इन्स्टाग्राम सपोर्ट टिमलाई सिधै इमेल गर्न सक्नुहुन्छ वा हेल्प सेन्टरमा गएर पुनः अपिल पनि गर्न सक्नुहुन्छ ।

अपिलपछि पनि अकाउन्ट रिकभर भएन भने के गर्ने ?

यदि तपाईंको अपिलमा इन्स्टाग्रामले कुनै जवाफ दिएन वा तपाईंको अपिललाई अस्वीकृति गरियो भने, त्यस्तो अवस्थामा यसो गर्नुपर्छ :

  • Instagram Help Center  मा जानुहोस् र My Account Was Disabled खण्डमा गएर पुनः निवेदन हाल्नुहोस्
  • इन्स्टाग्रामलाई सिधै support@instagram.com मा इमेल गरी आफ्नो समस्या बताउनुहोस्
  • यदि तपाईंले बिजनेस अकाउन्ट प्रयोग गरिरहनुभएको थियो भने Facebook Business Support बाट पनि सहयोग लिन सक्नुहुन्छ
  • कहिलेकाहीँ इन्स्टाग्राम टिमले तपाईं एउटा सेल्फी वा भिडियो भेरिफिकेसन पनि माग गर्नसक्छ ताकि तपाईं वास्तविक अकाउन्टवाला भएको प्रमाणित गर्न सकियोस्

इन्स्टाग्राम अकाउन्ट रिकभर हुन कति समय लाग्छ ?

How To Recover Suspended Instagram Account In Easy Steps Know Complete Process

साधारणतया ब्लक वा सस्पेन्ड भएको इन्स्टाग्राम अकाउन्ट २४ घण्टादेखि ३ दिनभित्रमा रिकभर हुनसक्छ । यदि विषय केही पेचिलो छ भने त्यसका लागि ७ देखि १४ दिनसम्म पनि लाग्नसक्छ । यदि तपाईंको अकाउन्ट कुनै गम्भीर कारणले डिलिट वा प्रतिबन्धित गरिएको हो भने त्यो रिकभर हुन निकै कठिन हुनसक्छ र सधैका लागि बन्द हुनपनि सक्छ।

इन्स्टाग्राम अकाउन्ट प्रतिबन्धित वा निलम्बित हुन नदिनका लागि के गर्ने ?

  • इन्स्टाग्रामको कम्युनिटी गाइडलाइन्सलाई ध्यानसँग पढ्नुहोस् र त्यसको पालना गर्नुहोस
  • स्पामिंग, फर्जी फलोअर्स खरिद गर्ने वा गलत सामाग्री पोस्ट गर्ने कार्य नगर्नुहोस्
  • यदि तपाईंलाई इन्स्टाग्रामबाट पटक पटक चेतावनी अर्थात् अलर्ट आएको छ भने तुरुन्तै आफ्नो एक्टिभिटी जाँच गर्नुहोस् र कुनैपनि विवादित पोस्ट वा कमेन्ट तपाईंका छन् भने तत्कालै हटाउनुहोस्
  • आफ्नो अकाउन्ट सुरक्षित राख्नुहोस् । कुनै थर्ड पार्टी एपलाई इन्स्टाग्राममा पहुँच नदिनुहोस् र बलियो पासवर्डको प्रयोग गर्नुहोस्
  • यदि भुलवस कसैले तपाईंविरुद्ध रिपोर्ट गरिदियो भने इन्स्टाग्राम सपोर्ट टिमसँग सम्पर्क गरिहाल्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?