+
+
Shares
सेलिब्रेटी :

भारतमा पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टमा प्रतिबन्ध

१६ वटा पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध

भारतीय प्रयोगकर्ताले रोक लगाइएका ती पाकिस्तानी कलाकारको इन्स्टाग्राम खाता प्रयोग गर्न सक्नेछैनन् । भारतमा प्रतिबन्धित पाकिस्तानी सेलिब्रेटीमा माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, आयजा खान, सजल अली, इकरा अजिज, सनम सईद समावेश छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख १८ गते १३:०१

काठमाडौं । भारत प्रशासित कश्मिरको पहलगाममा २७ जनाको ज्यान जाने गरि गतसाता आक्रमण भयो । त्यसपछि दुई देशबीचको सम्बन्ध तनावपूर्ण बनिरहेको छ ।

दुवै मुलुकले एकअर्काको फिल्म र कलाकारलाई प्रतिबन्ध लगाइरहेका छन् । भारतले पाकिस्तानी नागरिकलाई देश छाड्न भनिसकेको छ । यति मात्र होइन, बुधबार भारतले चर्चित पाकिस्तानी कलाकारको इन्स्टाग्राम एकाउन्टलाई मुलुकभित्र प्रतिबन्ध लगाएको छ ।

भारतीय प्रयोगकर्ताले रोक लगाइएका ती पाकिस्तानी कलाकारको इन्स्टाग्राम खाता प्रयोग गर्न सक्नेछैनन् । भारतमा प्रतिबन्धित पाकिस्तानी सेलिब्रेटीमा माहिरा खान, हानिया आमिर, अली जफर, माया अली, आयजा खान, सजल अली, इकरा अजिज, सनम सईद समावेश छन् ।

माहिरा खान, अली जफर, सजल अलीले बलिउडमा काम गरिसकेका छन् । सजल अलीले फिल्म ‘मम’मा श्रीदेवीकी छोरीको भूमिका निभाएकी थिइन् । भारतले धेरै पाकिस्तानी टिभी कलाकारलाई प्रतिबन्ध लगाइएको भए पनि, पाकिस्तानका सबैभन्दा लोकप्रिय अभिनेता फवाद खानको खाता अझै पनि भारतीय प्रयोगकर्ताहरूको लागि उपलब्ध छ ।

फवाद खान आफ्नो बलिउड कमब्याक फिल्म ‘अबीर गुलाल’का कारण लामो समयदेखि विवादमा घेरिएका थिए । यो फिल्मलाई भारत र पाकिस्तान दुवैले प्रतिबन्ध लगाइसकेका छन् । फवाद खान बाहेक ‘सनम तेरी कसम’ स्टार मावरा होकने, ‘हिन्दी मिडियम’की पाकिस्तानी अभिनेत्री सबा कमर, युमना जैदी, महविश हयात, अभिनेता वहाज अली र उर्वा होकानेको खाता पनि बन्द गरिएको छैन ।

भारतीय गृह मन्त्रालयको आदेशमा, धेरै पाकिस्तानी युट्युब च्यानलहरू पनि भारतमा ब्लक गरिएको छ । यसमा एआरवाई डिजिटल र हम टिभीका युट्युब च्यानल पनि समावेश छन्, जुन भारतीय प्रयोगकर्ताका लागि पाकिस्तानी कार्यक्रमको स्रोत थिए ।

गृह मन्त्रालयको सिफारिसमा सरकारले १६ वटा पाकिस्तानी युट्युब च्यानलमाथि प्रतिबन्ध लगाएको छ । सरकारी स्रोतहरूका अनुसार यी च्यानलहरूलाई भारत, भारतीय सेना र सुरक्षा एजेन्सीहरू विरुद्ध भड्काउने, साम्प्रदायिक र भ्रामक समाचार फैलाएको आरोप लगाइएको छ जसमा पाकिस्तानको प्रसिद्ध ‘डन न्यूज’ पनि छ ।

यही कारणले गर्दा माहिरा खान र फवाद खान जस्ता कलाकारहरूले भारतीय फिल्महरू छोड्नुपरेको थियो । सन् २०२३ मा, बम्बई उच्च अदालतले राजनीतिक तनावका कारण कलाकारलाई सजाय दिन नसकिने भन्दै पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउने याचिका खारेज गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?