+
+

आइतबार बिदा थपिएपछि निजी क्षेत्र अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १४ गते २२:१२

१४ वैशाख, काठमाडौं । आइतबार पनि साप्ताहिक सार्वजनिक बिदा दिने सरकारको निर्णयले निजी क्षेत्र अलमलमा परेको छ । सरकारले एक्कासी विदा घोषणा गरेपछि यसलाई निजी क्षेत्रमा कस्तो प्रभाव पर्नसक्छ भन्नेबारे बहस सुरु भएको छ ।

बढेको बिदाले निजी क्षेत्रलाई पर्ने सकारात्मक र नकारात्मक प्रभाव के हुन्छ भन्नेबारे भोलि बिहीबार मात्रै छलफल गर्ने र धारणा बनाउने नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बताए ।

नेपाल चेम्बर अफ कमर्सका पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठ आइतबार विदेशमा पनि सार्वजनिक विदा हुने भएकाले त्यसको आंशिक लाभ हुन सक्ने बताउँछन् । तर, लाभभन्दा बढी हानी निम्तिन सक्ने उनको आकलन छ ।

‘पहिले पनि यस्तो खविदाको अभ्यास भएको थियो, उत्पादक नभएपछि हटाइयो,’ उनी भन्छन्,’ अधिकांश व्यवसायीलाई विदाले घाटा नै गर्छ ।’ उनका अनुसार धेरै विदा भएपछि सरकारी प्रक्रिया पुरा गर्न समय लाग्ने र बजारमा आपूर्तिको चक्रमा मिलाउन पनि कठिन हुने बताउँछन् ।

उनका सरकारले दिने सार्वजनिक विदाहरु समेत पुनविर्चार गर्नुपर्ने अवस्थामा त्यस्ता विदा पनि बढाउँदै लैजाने र आइतबार पनि थप विदा दिने निर्णय अपेक्षित रुपमा लाभदायक नहुने पूर्वअध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘आन्तरिक पर्यटन बढाउने हो भने कर्मचारीलाई खर्चसहित एक हप्तामा विदामा पठाउँदा हुन्छ,’ उनी भन्छन्,’आइतबार दिइएको विदाले सरकारी सेवा लिन सकस पर्नसक्छ ।’

अब यसकै आधारमा बैंकहरु पनि आइतबार विदा भएमा उद्योग, व्यापार व्यवसाय गर्न नै समस्या पर्नसक्ने श्रेष्ठ बठाउँछन् ।

‘जति बजे भने पनि सरकारी कार्यालयमा कर्मचारी समय नपुग्ने र छिटो निस्किने समस्या रहेसम्म यस्तो विदाले फाइदा गर्दैन,’ उनी भन्छन्,’उचित प्रणाली बसाएपछि मात्रै यस्तो निर्णय लिनुपर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?