+
+

एक वर्षमा ५ खर्बले बढ्यो अर्थतन्त्रको आकार

नेपाली अर्थतन्त्र ४१ खर्ब ६ अर्बको

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १५ गते १५:३२

१५ वैशाख, काठमाडौं । नेपाली अर्थतन्त्रको आकार एक वर्षमा ५ खर्ब रुपैयाँले बढेको छ । केन्द्रिय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालको अर्थतन्त्रको आकार चालु मूल्यअनुसार आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब रुपैयाँ बराबरको पुगेको छ ।

गत आर्थिक वर्ष २०७७/७८ मा चालु मूल्य अनुसार आधारभूत मूल्यमा अर्थतन्त्रको आकार ३६ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा भने ३४ खर्ब २९ अर्ब रुपैयाँ रहेको थियो ।

अघिल्लो वर्ष २ खर्बले मात्र अर्थतन्त्रको आकार बढेको थियो । त्यसो हुनुमा कोभिड महामारी मूख्य कारण थियो । चालु मूल्य अनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा भने ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो आकार अघिल्लो वर्ष ४२ खर्ब ७७ अर्ब रुपैयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?