१५ वैशाख, काठमाडौं । राष्ट्रिय टिममा विद्रोह गर्दै प्रशिक्षण छाडेका फुटबल खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीकै कारण आफूहरु क्याम्प छाडेर हिँडेको बताएका छन् ।
संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले खेलाडी रोहित चन्दले सामान्य गाँस, बासको माग गर्दा प्रशिक्षक अल्मुताइरीले टिमबाटै निकालेको उनीहरुले बताए ।
रोहितमाथि भएको अन्यायका बारेमा बोल्दा प्रशिक्षकले आफूहरुलाई घर जान भनेको उनीहरुले बताए ।
क्लब फुटबलभन्दा पनि राष्ट्रिय टोलीलाई नै प्राथमिकता दिइरहेको उनीहरुले बताए ।
एन्फाकाे खेलाडी संघले गरेको पत्रकार सम्मेलनमा प्रशिक्षण छाडेका १० खेलाडी उपस्थित छन् । यस्तै खेलाडी संघबाट अध्यक्ष विक्रम लामा र विकेश कुथु पनि छन् ।
पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिको पूर्णपाठ :
आदरणीय पत्रकार ज्यु तथा खेलप्रेसी समर्थक ज्युहरु,
हामी खेलाडी अहिलेको समय एसियन कप छनोटको तयारीमा हुनुपर्ने हो । तर बिडम्बना हामी यहाँहर माझ आफ्नी कुरा रास्त्र सार्वजनिक रुपमा प्रस्तुत हुनुपरेको छ ।
राष्ट्रिय टोलीको प्रशिक्षण र हामी खेलाडीको नाम और विभिन्न संचारमाध्यममा आएको समाचार र त्यसमा समर्थकहरुको टिका टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । राष्ट्रिय टोलीमा भएको घटनालाई अन्तरिक रुपमा नै सुल्झाउने हाम्रो सोच थियो त्यसैले पनि हामीले घटनाबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई जानकारी गराएका थियो ।
तर समस्या सुझाउनुको सट्टा जिम्मेवार व्यक्तिबाट नै सार्वजनिक मिडियामा हामीविरुदध गैरजिम्मेवार प्रतिक्रिया र अनर्गल आरोप लागेको कारण हामी आफ्नो भनाइ राख यहाँ उपस्थित भएका । हामी आफूले जान्नै बुझ्ने उमेर अघिदेखि नै नेपाली फुटबलमा आफ्नो जीवन समर्पित गर्दै आएका छौं ।
यसक्रममा देश विदेशमा पुगेर विभिन्न प्रशिक्षकको नेतृत्वमा खेलेको अनुभव हामीसँग छ । यसक्रममा टोलीमा रहेका आन्तरिक समस्या कहिल्यै बाहिर आएको छैन । तर पछिल्लो घटनाक्रमले भने हामी खेलाडीको योगदान र जीवनभरको मिहिनेतमा नै समर्थकबाट प्रश्न उठ्दा दुख लागेको छ । हामीलाई भएको अन्यायमाथि अझ आम समर्थकबाट आएको नकारात्मक प्रतिक्रियाले हाम्रो खेल जीवन के सार्थकतामा प्रश्न उठेको छ । हामीले क्लब फुटबललाई बिर्सेर हरेक पटक राष्ट्रिय टोलीका लागि खेल्दै आएका छौं ।
अन्तर्राष्ट्रिय नियम अनुसार हरेक खेलको दिन अघि राष्ट्रिय टोलीमा सामेल हुनु पाउने भएपनि हामीले क्लब जिम्मेवारी थाँती राख्दै एन्फाले माग गरे अनुसार नै राष्ट्रिय टोलीमा प्रशिक्षण गर्दै आएका छौं । वर्षको ८ महिना राष्ट्रिय टोलीमा नै प्रशिक्षण गरेको उदाहरण पनि यहाँहरुमा अवगत गराउन चाहन्छौं । हामी खेलाडीका लागि क्लब फुटबल नै आयआर्जनको मुख्य आधार हो । राष्ट्रिय टोलीमा खेल्नु हाम्रो लागि गौरवको विषय हो र देशको प्रतिष्ठासँग जोडिएको विषय हो । हामीले राख्दै आएका छौं।
क्लब फुटबल भन्दा राष्ट्रिय टोलीलाई नै अघि विगलमा क्लब फुटबलबाट बाहिर रहेर निरन्तर राष्ट्रिय टोलीमा रहँदा पनि समयमा अता प्रदान गरिएको थिएन । त्यसका बाबजुद पनि हामी राष्ट्रिय टोलीमा नियमित उपस्थित रहेर खेल्दै आएका छौं । एन्फाले घोषणा गरेको पुरस्कार राशी, प्रशिक्षण दौरानका भता नदिंदा पनि हामीले कुनै प्रश्न नउठाई आफ्नो जिम्मेवारी निर्वाह गरेका छौं । यसपटक क्लोज क्याम्पमा राख्दा टोलीको नेतृत्व गरिरहेका रोहित चन्दले सामान्य गास बास बारे प्रश्न सोध्दा जुन व्यवहार गरियो त्यसमा हामी असन्तुष्ट थियौं । राष्ट्रिय टोलीका प्रशिक्षकले टोलीका सदस्य खेलाडीलाई त्यस किसिमको व्यवहार गर्नु राम्रो थिएन । त्यसमाथि क्याम्प नै छोडेर जा भन्नु अन्यायपूर्ण हो भन्ने हामीलाई लागेको छ ।
यसबारे हामीले प्रशिक्षकसँग कुरा गर्न जाँदा हामीलाई पनि पटक पटक क्याम्प छोडेर जान भनेपछि हामी प्रशिक्षण क्याम्प छोड्न बाध्य भएका हौं । हामीले यसबारे टोली व्यवस्थापन र एन्फा नेतृत्वलाई पनि जानकारी दिइसकेका थियो । समस्या सुल्झाउन कदम चाल्नुको सट्टा एन्फाका जिम्मेवार पदाधिकारीबाट सार्वजनिक मिडियामा हामी क्याम्पबाट भाग्यौँ भन्ने अभिव्यक्ति दिनुले हामी अचम्मित भएका छौं । टोलीभित्र आन्तरिक समस्यालाई नेतृत्व र व्यवस्थापनसँग समन्वय गरेर सुल्झाउने हाम्रो प्रयास थियो । तर सार्वजनिक रुपमा नै हाम्रो बारेमा झुटो आरोप लागेपछि हामी सत्य तथ्य जानकारी दिन यहाँ प्रस्तुत भएका छौं ।
२ हामी खेलाडीले राष्ट्रिय टोलीमा रहदा सघ नियमपूर्वक जिम्मेवारी निर्वाह गरेका छौं । नयाँ प्रशिक्षकको आगमनपछि त क्लब फुटबलमा हुँदा र व्यक्तिगत जीवनमा पनि अनेक दबाब आएका छन् । यसमा पनि हामीले कुनै प्रतिप्रश्न गरेका छैनौँ, न त हामीले बाहिर केहि भनेका छौं । हाम्रो यस मौनताको फाइदा उठाउँदै पटक पटक अनावश्यक दवाव दिँदा पनि हामी चुप बस्यौँ । तर पछिल्लो घटनाक्रममा हामीले एक जुट नभए आउने पिढीका खेलाडीले यो भन्दा बढी मानसिक दबाब खेप्नुपर्ने देखेर नै हामीले प्रशिक्षकसँग छलफल गर्ने प्रयास गरेका थियौं । हामीले राष्ट्रिय टोलीको क्याम्प मात्र नभएर दैनिक जीवनमा हुनुपर्ने सामान्य कुराबारे जिज्ञासा राख्दा यस्तो व्यवहार आउला भन्ने अपेक्षा गरेका थिएन । यस विषयमा समन्वय गर्न हामीले नवनिर्वाचित खेलाडी संघलाई पनि जानकारी दिएका थियौँ । तर एन्फा नेतृत्वबाट खेलाडी संघले गरेको सक्दो प्रयासमा चित्तबुझ्दो सम्बोधन भएन । त्यसैले पनि हामीले सार्वजनिक रुपमा आफैँ थाहा दिनुको विकल्प रहेन । हामी खेलाडी राष्ट्रका लागि खेल्नु हाम्रो दायित्व हो । यसबाट हामी कदापी पन्छिने छैनौं । तर जुन किसिमको व्यवहार प्रशिक्षक अलमुताइरी र टोलीबाट भयो, यसमा हामी दुखि छाँ यसअघि यस्ता घटना हुँदा पनि हामीले टोलीको हितका लागि सधैं चुप रहेका थियौँ तर एकपछि अर्को अन्यायपूर्ण निर्णय भएपछि हामीले यसबारे छलफल गर्न जाँदा उल्टै हामीलाई टोलीबाट बाहिर जाने निर्देशनप्रति एन्फा नेतृत्वको ध्यानाकर्षण हुनुपर्छ ।
प्रशिक्षण दौरानको घटनाक्रम :
एएफसी एसियन कप छनोट अन्तर्गत राष्ट्रिय टोलीको बन्द प्रशिक्षण सोमबारदेखि राख्ने कार्यक्रम रहेको थियो । त्यसअघि प्रशिक्षणमा भने खेलाडीहरु आ-आफ्नो घरबाट आउने गरेका थियो । उपत्यकाबाहिरका खेलाडी भने होटलमा बसेका थिय उपत्यका बाहिरका खेलाडीलाई सुरुवातमा होस्टेलमा राख्ने भनेपनि त्यहाँ दैनिक उपभोगका लागि नुहाउने लुगा धुने पानी, खाने कुरा लगायत सुविधा नभएका कारण ५६ घण्टा होस्टेलमा कुरेपछि अन्त्यमा होटेलमा राखिएको थियो आइतबार प्रशिक्षण सुरु हुनुअघि प्रशिक्षक अब्दुल्लाह अलमुताइरी आफैँले हामीलाई भोलिबाट बन्द प्रशिक्षण सुरु हुने जानकारी दिनुभयो । त्यसपछि रोहित चन्दले होटेल बस्ने कि होस्टेल भन्ने प्रश्न उठाए प्रशिक्षकले सुरुवातमा होस्टेलमा बस्ने जानकारी दिएपछि रोहितले होस्टेलमा दैनिक जीवनयापन गर्ने आधारभूत सुविधा पनि नभएको जानकारी दिए । उनले खेलाडीबीच सल्लाह भएअनुसार नै होटेलमा बस्नु उपयुक्त हुने बताएका थिए ।
त्यसपछि प्रशिक्षक आक्रामक रुपमा प्रस्तुत हुँदै होस्टेलमा बस्न नचाहने खेलाडीलाई हात उठाउन बताउनुभयो । त्यसमा रोहित एक्लैले हात उठाएपछि कोच रिसाउँदै बाहिर जानुभयो रोहित पनि केहीबेरमा बाहिर गए । एकछिनमा प्रशिक्षक मित्र आएर होस्टेलमा बस्न नचाहने कोहि छ भने एसियन कपको क्याम्प छोड्न भन्नुभयो । वहाँले सबै होस्टेल जान नचाहने भए अन्य २३ खेलाडी टोलीमा राख्न सक्छु भन्नुभयो वहाँ त्यसपछि प्रशिक्षण हुँदैन भन्दै बाहिरिनुभयो । यसबीचमा व्यवस्थापक मधुसुदन उपाध्यायले मित्र आएर होटेलको व्यवस्था भैसकेको जानकारी दिनुभयो हामी खेलाडी भने प्रशिक्षणका लागि मैदान प्रवेश गर्यो झन्ड १०-१५ मिनेट मैदानभित्र नै कुरेपछि वहाँ प्रशिक्षण टोली र व्यवस्थापकसँग छलफल गरेर आफै मैदानमा आउनुभयो । हामीलाई सहायक प्रशिक्षक किरण श्रेष्ठले वार्म अप गराइरहँदा प्रशिक्षकले बाहिर रोहित चन्दसँग छलफल गर्नुभयो रोहितका अनुसार वहाँले टोलीमा एक मात्र लिडर हुने र यसपटक टोलीमा सामेल गर्न नसकिने तिमीले टोलीमा नकारात्मक असर पार्यो, भन्नुभएको बताए ।
त्यसपछि रोहितले आफ्नो रिहयान पूरा गरेर सहायक व्यवस्थापक कृष्णभक्त मानन्धरलाई जसबुझाएर मैदानबाट बाहिरिए । यता प्रशिक्षक अलमुलाइरीले पुनः हामीलाई प्रशिक्षण स्थलमा आएर आएर रोहितलाई दोहोर्याउनुभयो । वहाँले होटेलको व्यस्थापन भइसकेको र आफूले मन पोर्न खोजेको पनि बताउनुभयो । त्यसपछि प्रशिक्षण सकियो । रोहित बाहिरिएको देखेपछि हामी अलमलमा पर्यो । पशिक्षण सकिएर हामी आ-आफ्नो पर गयी। भोलिपल्ट सोमवार हामी समान बोकेर बन्द प्रशिक्षणमा सामेल हुन आयौँ। खेलाडीले यसबारे सहायक प्रशिक्षक किरण श्रेष्ठलाई सोध्यो । तर प्रशिक्षकसँग सल्लाह गर्ने भन्दै वहाँबाट प्रष्ट जवाफ आएन सोमबार प्रशिक्षण सुरु हुनेबेलामा प्रशिक्षकले हामीलाई आइतबारको घटनाबारे निराश रहेको भन्दै प्रश्न गर्दा सबै टिमले निराश रहेको बतायौँ । वहाँले निराश भएपनि केहि फरक नपर्ने बताउँदै- अन्य २३ खेलाडी ल्याउन सक्ने बताउनुभयो अनि प्रशिक्षण पूरा गरेर समाप्त भयो भोलिपल्ट मंगलबार प्रशिक्षण सकिँदा पनि कसैबाट प्रष्ट जवाफ नआएपछि हामी चेन्ज रुममा प्रशिक्षकसँग रोहितवारे कुरा गर्न चाहन्छौं भन्यौँ । वहाँले ५ जनाले आफ्नो धारणा राख बताउनुभयो । सबैको बोल्ने इच्छा भएपनि सिनियरको हिसाबले हामीमध्य ५ जनाले रोहितको माग जायज रहेको र हामीले भनेर नै रोहितले बोलेको भन्ने आशयको कुरा राख्यौँ हामीले हाम्रो माग रोहितलाई फिर्ता गर्नु नभएको तर हाल क्याप्टेन रहेकाले उनले उठाएको विषय हामी सबैको हो भन्ने बतायौँ ।
त्यसपछि प्रशिक्षक अलमुताइरीले आक्रोशित हुँदै एक साता प्रशिक्षण नहुने र अर्को २३ जना बोलाउने भन्दै चेन्ज रूम छाड्नुभयो हामी होटेल पुग्दा प्रशिक्षकले चेन्ज रुममा बोल्ने ५ जना वाहेकका खेलाडीलाई व्यक्तिगत रुपमा बोलाउँदै, रोहितको टिममा खेल्ने कि अब्दुल्लाहको टिममार भन्दै प्रश्न गर्नुभयो । त्यसपछि चेन्ज रुममा बोलेका ५ जना खेलाडीलाई घर जान भन्दै अन्य खेलाडीलाई एक ठाउँमा राखेर टिम मिटिङ बोलाइयो चेन्ज रुममा बोलेका ५ जना बाहिर रहँदा अन्य ५ जनाले यो ठिक होइन भन्दै मिटिङमा जान असमर्थता जनार्थी अन्य खेलाडी भने मिटिङ रुममा पसिसकेका थिए । बाहिर रहेका १० मध्य खेलाडीलाई विभागको दबाबसा मिटिङ हलमा पस्न बाध्य गराइयो । बाहिर रहेका अन्य खेलाडीलाई प्रशिक्षकसँग कुरा गर्न र माफी माग्न लगाउन गोलरक्षक प्रशिक्षक विकास मल्ल आउनुभयो । हामीले गल्ति नगरेकाले माफी माग्नु आवश्यक नरहेको र छलफलका लागि भने तयार रहेको बतायौँ । मिटिङ सकिएपछि बाँकी रहेका ९ जना हामी प्रशिक्षकसँग छलफलका लागि गयाँ भित्र गएपछि वहाँले एकपक्षीय रुपमा आफ्नो धारणा प्रस्तुत गर्दै हामीलाई क्याम्प छोड्न निर्देशन दिनुभयो ।
वहाँले आफू रहुन्जेल हामी कोहि पनि राष्ट्रिय टोलीमा नपर्नेसमेत बताउनुभयो वहाँले अन्त्यमा ‘YOU STARTED THE WAR, AND ENDED IT’ भन्नुभयो । वहाँले त्यसपछि आफू पनि नजानेर हामीलाई पनि मिडियामा नजान निर्देशन दिनुभयो हामीले प्रशिक्षक अलमुताइरीको निर्देशन अनुसार अनुमति लिएर बहिरियो । त्यसपछि गोलरक्षक प्रशिक्षकले त्यसले अतर मात्र हुँदैन, हामी पनि छौं । त्यो विदेशी हो, त्यो कोहीपनि होइन’ भन्दै हामीलाई सहानुभूति दिनुभयो त्यसपछि हामीले प्रशिक्षकको निर्देशन मान्ने र क्याम्प छाइने बतायी टोलीका व्यवस्थापक मधुसुदुन उपाध्याय रंगशालाबाट ने घर गएको र समस्या हुँदा हुँदै पनि क्याम्पमा नआएकाले हामी यसै निस्कियौँ ।
 
                    










 २०७९ वैशाख  १५ गते १७:२२
                        २०७९ वैशाख  १५ गते १७:२२                     
                     
 
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
     
     
     
     
     
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4