+
+

एनएसएलका लागि एन्फाले दियो नयाँ मिति, निर्णय हुन बाँकी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १३:२०

१६ वैशाख, काठमाडौं । फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आयोजकलाई नयाँ मिति दिएको छ ।

एनएसएल आयोजक नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनएसईएम) ले भदौ २५ देखि कातत्क ५ गतेसम्मको मिति उपलब्ध गराउन माग गरेको थियो । तर एन्फाले भने एनएसइएमलाई भदौ १५ देखि असोज २५ सम्मको नयाँ मिति दिएको छ ।

‘हामीले प्रस्ताव गरेको मितिभन्दा दश दिन अघिको पाएका छौं । तर, हामीले त्यसमा अलि पछि सार्न भनेर आग्रह गरेका छौं,’ एनएसईएमका सीईओ सुदीप शर्माले भने, ‘अब उताबाट त्यसको जवाफ बएपछि अन्तिम निर्णय हुनेछ ।’

यसअघि गत वर्षको चैत अन्तिमबाट दोस्रो संस्करणको एनएसएल आयोजना गर्ने तयारी भए पनि ए डिभिजन क्लब र एनएसएल आयोजकबीच खेलाडी अक्सनको विषयमा विवाद हुँदा तोकिएको समयमा हुन सकेन ।

एनएसएल आयोजनाका लागि एन्फाले चैत २५ देखि जेठ १ सम्मको मिति दिएको थियो । प्रतियोगिताको दुई साता अघि मात्रै मिति उपलब्ध गराएको हुनाले तत्काल एनएसएल हुन नसक्ने भन्दै एनएसइएम र लिग खेल्ने १० क्लबले संयुक्त विज्ञप्ती जारी गरेका थिए ।

त्यसअघि नै ए डिभिजन क्लबहरुले आफ्नो क्लबमा करारमा रहेकै बेला खेलाडीहरुको अक्सन गरेको भन्दै विरोध गरेपछि एनएसएल र क्लबबीचको विवाद सुरु भएको थियो । विवादले ठूलो रुप लिँदा एन्फाले पनि समयमै यसबारे निर्णय गर्न सकेन र एनएसएल स्थगित भएको थियो ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?