+
+
स्थानीय तह निर्वाचन २०७९ :

डडेलधुरामा मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १४:१८

१६ वैशाख, डडेलधुरा । स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा पनि डडेलधुरामा मतदाता शिक्षा सञ्चालन हुन नसक्दा यो पटक कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन्

मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेको हुन् ।
नवदुर्गा गाउँपालिका १ का बिष्ना नेपाली आसन्न स्थानीय तहको निर्वाचनमा कसरी मतदान गर्ने भन्नेबारे आफू अनभिज्ञ रहेको बताइन् ।

जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा म जस्ता धेरै मतदाता अन्योलमा परेको उनको भनाइ छ ।

स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्योल हुन सक्ने जानकारहरु बताउँछन् । मतदाता शिक्षा सञ्चालन नहुँदा मत बदर हुने सम्भावना बढ्ने उनीहरु बताउँछन् ।

निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम अहिले सञ्चालन नगरेको जिल्ला निर्वाचन कार्यालय डडेलधुराका निर्वाचन अधिकारी करुणाकर अवस्थीले बताए । सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले मतदान केन्द्रमै एक दुई दिन मतदानका विषयमा जानकारी दिन सक्ने अवस्थीको भनाइ छ । मतदाता शिक्षाको बारेमा अझै आयोगले निर्णय गर्न बाँकी रहेको उनले बताए ।

यस्तै दलहरुले चुनावी गठबन्धन गरेकाले पनि बदर मतको संख्या बढ्न सक्ने आकलन गरिएको छ ।

डडेलधुरामा ९१ हजार मतदाता रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?