+
+
Shares

आइतबारदेखि मेलम्चीको १७ करोड लिटर पानी वितरण प्रणालीमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १६:१८

१६ वैशाख, काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले आइतबारदेखि काठमाडौंमा मेलम्चीको १७ करोड लिटर पानीको वितरण थाल्ने भएको छ । यो मेलम्चीबाट काठमाडौं आउने पानीको सम्पूर्ण परिमाण हो ।

११ वैशाखदेखि मीनभवनबाट काठमाडौंमा मेलम्चीको पानीको पुनः वितरण सुरु भएको थियो । पहिलो दिनबाट ५ करोड लिटर मेलम्चीको पानी प्रणालीमा आएको थियो, आजसम्म करिब दैनिक १४ करोड लिटर पानी प्रणालीमा आएको केयूकेएलका प्रवक्ता प्रकाश राईले बताए ।

१७ करोड लिटर पानीको वितरण सुरु भएपछि काठमाडौंमा दैनिक वितरण हुने पानीको परिमाण २७ करोड लिटर पुग्नेछ । क्रमैसँग विभिन्न वितरण केन्द्रबाट वितरण हुने पानीको मात्रा बढाउँदै लगिएको छ । मीनभवन, महाँकालचौर, खुमलटार, अनामनगर, बालाजु, महाराजगञ्ज लगायतका वितरण केन्द्रमार्फत अहिले मेलम्चीको पानी वितरण भइरहेको छ ।

प्रवक्ता राईका अनुसार आइतबारदेखि सबै क्षेत्रमा पनि मेलम्चीको पानीको वितरण सुरु हुनेछ । ‘आइतबारदेखि मेलम्ची खानेपानी विकास सिमितिले १७ करोड लिटर पानी नै प्रणालीमा पठाउने छ,’ उनी भन्छन्,’अब वितरण हुन बाँकी क्षेत्रमा पनि वितरण हुन्छ ।’

नयाँ वितरण लाइनमार्फत पानी बाँड्न सुरु गरेपछि पनि ठाउँ-ठाउँमा थप लिकेजको समस्या देखिएको छ । समस्या समाधान गर्दै एक वर्षसम्म लगाएर नयाँ लाइनबाट पानी वितरण भइरहेको राईले बताए ।

‘गत वर्षजस्तो धेरै समस्या त देखिएको छैन,’ उनले भने,’कतिपय समस्या देखिएका ठाउामा मर्मत गरिरहेका छौं ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?