+
+

चन्द्रागिरिबाट माओवादी केन्द्रको मेयर र उपमेयरको मनोनयन फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १७:५५

१६ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले काठमाडौंको चन्द्रागिरि नगरपालिकाको मेयर र उपमेयर दुवै पदबाट उम्मेदवारी फिर्ता लिएको छ ।

मेयर उम्मेदवार दिलबहादुर श्रेष्ठ र उपमेयर उम्मेदवार रुपा महर्जनले उम्मेदवारी फिर्ता लिएका हुन् ।

सत्ता गठबन्धनकोकेन्द्रबाट आएको निर्देशन अनुसार आफूहरुले उम्मेदवारी फिर्ता लिएको महर्जनले जानकारी दिइन् ।

चन्द्रागिरिमा नेपाली कांग्रेसबाट मेयर पदमा घनश्याम गिरी र उपमेयर पदमा राष्ट्रिय जनमोर्चाका रोशन दानी उम्मेदवार छन् ।

हेर्नुस् विज्ञप्ति 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?