+
+

लालबन्दीमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १६ गते १८:५०

१६ वैशाख, सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीले चुनावी तालमेल गर्ने भएका छन् ।

माओवादीले मेयर र समाजवादीले उपमेयर लिने गरी चुनावी तालमेल गर्ने भएको हो । अब माओवादीबाट मेयरमा प्रल्हाद बुढाथोकी र उपमेयरमा समाजवादीबाट गोविन्द अधिकारी उम्मेदवार भएका छन् ।

दुवै पार्टीले मेयर र उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए । तर शुक्रबार माओवादीले उपमेयरको उम्मेदवार र समाजवादीले मेयरको उम्मेदवार फिर्ता बोलाएर चुनावी तालमेलको निर्णय गरेका हुन् ।

माओवादी केन्द्रबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुमित्रा श्रेष्ठ र नेकपा एकीकृत समाजवादीको तर्फबाट मेयरमा उम्मेदवारी दर्ता गराएकी रमा पौडेलले शुक्रबार एकैसाथ उम्मेदवारी फिर्ता लिएका छन् ।

लालबन्दीमा यी दुई पार्टीबीच मनोनयन दर्ता अघि नै चुनावी तालमेलबारे बारम्बार छलफल भएपनि कुनै सहमती हुन सकेको थिएन । अन्तिम समयमा आएर दुवै पार्टीका नेताहरुले मेयर र  उपमेयरमा चुनावी तालमेलको निर्णय गरेका हुन् ।

माओवादी र समाजवादीबीचको तालमेलपछि लालबन्दीमा चुनावी प्रतिस्पर्धा थप रोमाञ्चक बन्ने भएको छ ।

लालबन्दीमा नेपाली कांग्रेसले मेयरमा बासुदेव अधिकारी र उपमेयरमा कल्पना पाख्रीन तथा नेकपा एमालेले मेयरमा गोविन्द महत र उपमेयरमा सनसरिमाया थिङलाई उठाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?