+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

रुपन्देहीमा ११३ जनाले लिए उम्मेदवारी फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १७ गते १२:१७

१७ वैशाख, बुटवल । रुपन्देहीमा स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता गराएकामध्ये ११३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

रुपन्देहीका १६ पालिकामध्ये मर्चवारी गाउँपालिकावाहेक १५ पालिकाबाट सो संख्यामा उम्मेदवारी फिर्ता भएको हो । सबैभन्दा बढी बुटवल उपमहानगरपािलकाबाट चार जना प्रमुख, चार जना उपप्रमुख र १९ जना वडाध्यक्ष तथा सदस्य गरी २७ जना उम्मेदवारले फिर्ता लिएका छन् ।

सिद्धार्थनगरबाट नगर प्रमुखका एक जना, उपप्रमुखका  दुई जना र सदस्यबाट तीन जना गरी ६ जनाले, लुम्बिनी सांस्कृतिक नगरपालिकाबाट २ जनाले, सैनामैना नगरपालिकाबाट चार जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

यस्तै तिलोत्तमा नगरपालिकाबाट ९ जना र देवदह नगरपालिकाबाट १४ जनाले, मायादेवी र रोहिणी गाउँपालिकाबाट १-१ जनाले, शुद्धोधनबाट ६ जना, सियारीबाट ६ जनाले उम्मेदावरी फिर्ता लिएका छन् ।

त्यसैगरी, ओमसतिया गाउँपालिकाबाट तीन जना अध्यक्षसहित २३ जनाले, कंचन गाउँपालिकाबाट तीन जना, कोटहीमाई गाउँपालिकाबाट पाँच जनाले, गैडहवा गाउँपालिकाबाट दुई जना,सम्मरीमाई गाउपालिकाबाट पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका स्वतन्त्रबाट तीन जनासहित चारजनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाँउपालिका रहेको जिल्लामा मेयर पदका लागि ८५ जनाले उम्मेदवारी दिएका छन् ।  त्यस्तै १२४ जनाले पालिका अध्यक्षमा, ७० जनाले उपप्रमुख, ९५ जनाले उपाध्यक्ष, १०८९ जनाले वडाध्यक्ष र ३५४८ जनाले वडा सदस्य गरी जम्मा पाँच हजार ११ जनाले उम्मेदवारी दिएका छन् ।

जिल्लामा पाँच लाख ३६ हजार ८०५ जना कुल मतदाता रहेका छन् । चुनावका लागि ७९ दलले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवारी दिनेको संख्या पनि उल्लेख्य छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?