+
+

चार खेल अगावै रियल मड्रिड ला लिगा च्याम्पियन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते ६:३०

१८ वैशाख, काठमाडौं । रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिवार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो ।

रियलले ३४ खेलबाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि छ ।

दोस्रो स्थानमा रहेको सेभियाको समान खेलबाट ६४ र तेस्रो स्थानको बार्सिलोनाको ३३ खेलबाट ६३ अंक छ । दुवैले अब बाँकी खेल जिते पनि रियललाई भेट्ने छैनन् ।

रियलको सहज जितमा रोड्रिगोले ३३औं र ४३औं मिनेटमा गोल गरे । यस्तै मार्को असेन्सियोले ५५औं र करिम बेन्जेमाले ८१औं गोल गरे ।

रियलले उपाधि जितेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि युरोपको पाँच लिग जित्ने पहिलो प्रशिक्षक बने । उनले यसअघि प्रशिक्षकको रुपमा इटालियन सिरी ए, फ्रेन्च लिग वान, प्रिमियर लिग र जर्मन बुण्डेसलिगाको उपाधि जितिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?