+
+

हेटौंडाबाट सिनेमा हलको अनुगमन सुरु

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते १६:२६

काठमाडौं । सिनेमा हलहरुमा व्यापक अनियमितता रहेको गुनासो सुनिएपछि चलचित्र विकास बोर्डले आइतबार हेटौंडाबाट अनुगमन सुरु गरेको छ ।

बोर्ड अन्तर्गतको बक्स अफिस समितिका संयोजक राज कटुवाल नेतृत्वको टोलीले हेटौंडाका एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरेको हो । आगामी सातादेखि पूर्वी र पश्चिम नेपालका हलमा अनुगमन गर्ने तयारी छ ।

हेटौंडाका ती हल अनुगमन गर्दा तथ्यांक बोर्डमा नपठाएको पाइएको, बक्स अफिस र हलको डेटाबीच असमानता भेटिएको र नवीकरण नगरेको पाइएको संयोजक कटुवालले अनलाइनखबरलाई जानकारी दिए ।

‘डेटाहरु किन नपठाएको र पठाइएको डेटामा कसरी असमानता भेटिएको भन्नेबारे छानबिन गर्नेछौं,’ कटुवालले भने, ‘नवीकरण पनि नगरेको पाइएकाले सोहीअनुसार बोर्डमा आउन भनेका छौं । एक–दुई दिनमा उहाँहरु रिन्यु गर्न आउँदै हुनुहुन्छ ।’

उनले भने, ‘अब अनुगमन कार्य देशभर रफ्तारमा अघि बढ्नेछ । हल सुधार कार्य अब सुरु हुन्छ ।’ काठमाडौं उपत्यकास्थित हलमा पनि पुनः अनुगमन सुरु हुने उनले जानकारी दिए ।

प्रदर्शकले नेपाली फिल्मलाई विभेद गरेको र प्राथमिकता नदिएको भन्ने व्यापक गुनासो आएपछि बोर्डले कटुवाल नेतृत्वको टोलीलाई अनुगमनमा खटाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?