+
+
Shares

१५ सय शंकास्पद कारोबारको अनुसन्धान गर्दै राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १८ गते २०:२४

१८ वैशाख, काठमाडौं। नेपाल राष्ट्र बैंकको वित्तीय जानकारीको इकाइले शंकास्पद कारोबारको सूक्ष्म अध्ययन भइरहेको बताउँदै इकाइलाई गत फागुन मसान्तसम्म एक हजार ५५६ वटा शंकास्पद कारोबार प्रतिवेदन प्राप्त भएको जनाएको छ ।

उक्त अवधिमा ४६४ वटा प्रतिवेदन विश्लेषण भएकामा २६५ वटा अभिलेखीकरण गरिएका तथा १९९ वटा प्रतिवेदन इकाइले अनुसन्धानका लागि कानून कार्यान्वयन गर्ने निकायमा पठाएको छ ।

यसैबीच नेपाल राष्ट्र बैंकले उक्त अवधिसम्म सरकारको कूल आन्तरिक ऋण दायित्व रु ६० अर्ब ५७ करोड ३४ लाख रहेको जनाउँदै हालसम्म रु २९ अर्ब २४ करोड ६७ लाख बराबरको आन्तरिक ऋण भुक्तानी गरेको बताएको छ ।

त्यसैगरी सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी सुपरीवेक्षकीय प्रभावकारिता अभिवृद्धिका निम्ति तयार गरिएको कार्यविधिअनुसार फागुन मसान्तसम्म १५ वटा वाणिज्य बैंकको निरीक्षण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?