+
+

राप्रपालाई नजरअन्दाज गरे राजनीतिक शक्ति सन्तुलन हुँदैन : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ९:०९

१९ वैशाख, झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई नजरअन्दाज गरेर राष्ट्रिय राजनीतिक शक्ति सन्तुलन नहुने बताएका छन् ।

गृहजिल्ला झापाको कचनकवल घेराबारीमा आयोजित आमसभालाई आइतबार सम्बोधन गर्दै लिङ्देनले राप्रपा मूल राजनीतिक शक्तिको रुपमा उदाएको दाबी गर्दै अब राप्रपालाई नजरअन्दाज गर्न नमिल्ने बताएका हुन् ।

राप्रपाले अघिल्लो निर्वाचनमा कचनकवल गाउँपालिकामा विजय हासिल गरेको थियो । राप्रपाविरुद्ध कांग्रेस, एमाले र माओवादी केन्द्रबीच तालमेल भएको छ । अध्यक्ष लिङ्देनले भने आफूहरु एक्लै चुनाव लडेर परिणाम दोहोर्‍याउने दाबी गरे ।

चुनावी सभालाई सम्बोधन गर्दै लिङ्देनले राजनीतिलाई पेसाको रुपमा नभई सेवाको भावनाबाट विकास गर्न जरुरी रहेको बताए । भ्रष्टाचार गर्नेहरुलाई राप्रपामा स्थान नभएको बताउँदै उनले भ्रष्टाचार गरेको पाइए राप्रपाका प्रतिनिधिलाई कारबाही गरिने चेतावनी दिए । ‘हाम्रा जनप्रतिनिधिले पनि भ्रष्टाचार गरेको पाइए साधारण सदस्य नरहने कारबाही गर्छौं, थप कारबाहीका लागि अख्तियारमा सिफारिस गर्छौं,’ उनले भने, ‘राप्रपा मन, वचन र कर्मले सुशासनप्रति प्रतिबद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?