+
+

इटहरीमा विरोध प्रदर्शन गर्न ‘टाउन स्क्वायर’ बनाउने गठबन्धनको प्रतिवद्धता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते १०:२४

१९ वैशाख, इटहरी । नेपाली कांग्रेस नेतृत्वको गठबन्धनले इटहरी उपमहानगरपालिकाको जमिनलाई गुरुयोजना बनाएर वर्गीकरण गर्ने घोषणा गरेको छ ।

चार दलीय गठबन्धनले सार्वजनिक गरेको संकल्प पत्रमा इटहरीका जमिन व्यापारिक, औद्योगिक, आवसीय र कृषि क्षेत्रमा वर्गीकरण गर्ने घोषणा गरेको हो ।

वर्गीकरण परेको जमिन वर्गमा परेको हुन्छ त्यो जमिन त्यही प्रयोजनका लागि मात्र प्रयोग गर्न पाइने नीति बनाउने गठबन्धनको संकल्प पत्रमा उल्लेख छ । इटहरीलाई महानगर बनाउने मात्र नभई प्रविधि र पर्यावरण मैत्री शहरको परिकल्पना संकल्प पत्रमा गरिएको छ ।

बिजुली तथा इन्टरनेटको तार भुमिगत गरि इटहरीलाई सुन्दर बनाउने लक्ष्य राखिएको छ । खोला किनारमा साइकल लेन निर्माण गरि विरुवा रोपेर ग्रिन बेल्ट निर्माण गरिने गठबन्धनको प्रतिवद्धता छ ।

प्लाष्टिकमुक्त इटहरी बनाउने, सार्वजनिक ऐलानी जग्गामा नगरपार्क स्थापना गर्ने र एकघर दुई विरुवा अभियान अगाडी बढाउने संकल्प पत्रमा उल्लेख छ ।

इटहरीको प्रमुख समस्याका रुपमा रहेको बाढी र डुबानको समस्यालाई दिर्घकालीन समाधान गर्ने उपाय संकल्प पत्रमा समावेश गरिएको छ ।

कवि मनु मञ्जिलको संयोजकत्वमा तयार भएको संकल्प पत्रमा थारु जातिलाई पहिलो जतिका रुपमा सूचीकृत गरिने उल्लेख छ । थारु भाषालाई विद्यालयमा ऐक्षिक विषयको रुपमा पठनपाठन गर्ने प्रविद्धता दलहरुलेको छ ।

विद्यालयमा संगित योग र ध्यानको व्यवस्था मिलाउने, सामुदायिक कलेजबाट स्नातकोत्तर उत्तीर्ण गर्ने दलित, सिमान्तकृत र छात्रालाई प्रोत्साहन स्वरुप १० हजार दिने उल्लेख छ ।

नगरपालिका कार्यालयमा गुनासो सुन्ने डेस्क स्थापना गर्ने, आन्दोलन र विरोध गर्नका लागि टाउन स्क्वाएर निर्माण गर्ने गठबन्धनले प्रतिवद्धता जनाएका छन्

इटहरी अस्पतालमा भेन्टिलेटरसहितको आइसीयू सेवा उपलब्ध गराउने, सुबिधा सम्पन्न अस्पतालको लागि निजी तथा सामाजिक संस्थासँग सहकार्य गर्ने, भेन्टिलेटरसहितको एम्बुलेन्स सेवा उपलब्ध गराउने संकल्प गठबन्धनले गरेको छ ।

तालिमका नाममा कार्यकर्तालाई पैसा बाढ्ने प्रथाको अन्त्य गर्दै स्किल स्कुल स्थापना गरेर युवालाई सीपयुक्त बनाउने संकल्प पत्रमा उल्लेख छ ।

इटहरी लागनी सम्मेलन र युवा उद्यमी सम्मेलनको आयोजना गर्ने, सिर्जनशील युवालाई कामगर्ने वतावरण मिलाउन ‘कोवर्किङ स्पेस’ को स्थापना गरिने र मोबाइलबाटै कर तिर्ने व्यवस्था मिलाउने संकल्प पत्रमा उल्लेख छ ।

जेष्ठ नागरिक भजन प्रतियोगिताको आयोजना गरि वृद्धवृद्धालाई उत्प्ररणा दिने कार्यक्रम गठबन्धनले सार्वजनिक गरेको छ ।

कार्यक्रममा गठबन्धनबाट मेयरका उम्मेदवार हेमकर्ण पौडेलले आफू संकल्प पत्र कार्यन्वयनमा प्रतिवद्ध भएको बताए । जनताले छुन सक्ने वा महसुस गर्ने सक्ने खालकको स्थानीय सरकार आफूहरुले बनाउने उनले बताए ।

उपमेयरका उम्मेदवार तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य केशवकुमार विष्टले गठबन्धन कुनै हालतमा असफल नहुने बताए । आफू एक स्तर तल झरेर भए पनि इटहरीको विकासको साक्षी बन्न तयार भएको बताउँदै उनले आफूहरुले चुनाव जितेपछिको ५ वर्ष इटहरीको लागि स्वर्णिम काल बन्ने दाबी गरे ।

गठबन्धनले नगर्ने सात काम

घोषणा पत्रमा गर्ने मात्र नभई नगर्ने काम पनि लेखिएको छ ।

उपमहानगरको सेवामा भेदभाव नगर्ने, सरकारी सम्पत्तिको दुरुपयोग नगर्ने, कानून बाहिर आर्थिक र व्यक्तिगत प्रभावमा नपर्ने, नातेदार र परिवारका मान्छेलाई सल्लाहकार, विज्ञ, कर्मचारी नियुक्ती नगर्ने प्रतिवद्धता उल्लेख छ ।

यस्तै हचुवाको भरमा निर्णय नगर्ने, वित्तीय अनुशासनको उल्लंघन नगर्ने, महिला हिंसा तथा विकृति विसंगतिलाई प्रोत्साहन हुने काम नगर्ने प्रतिवद्धता गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?