+
+

सौगातको ‘मन्त्र’लाई तीन दिनमा २० लाख, सेलिब्रिटीले हेरे फिल्म

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १९ गते ११:५४

काठमाडौं । सौगात मल्ल र दीया पुन स्टारर फिल्म ‘मन्त्र’ले तीन दिनमा झण्डै २० लाख रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।

विदेशी फिल्मको दबदबाबीच मल्टिप्लेक्स र सिंगल स्क्रिनमा रिलिज भएको यो फिल्मले अपेक्षाअनुसार ओपनिङ चाहिं गर्न सकेन । हेरेकाले भने फिल्मलाई राम्रो प्रतिक्रिया दिएका छन् ।

आइतबार बेलुका रञ्जना सिनेप्लेक्समा सेलिब्रिटी शो आयोजना गरियो, जहाँ अभिनेतात्रय प्रशान्त ताम्राकार, रविन तामाङ र शिशिर वाङ्देलले फिल्म हेरे । तीनैजनाले ‘मन्त्र’लाई मन छुने फिल्म रहेको बताए ।

खिलबहादुर गुरुङ निर्देशित फिल्मले उत्तरी गोरखाको मनास्लु क्षेत्रको आञ्चलिकताको प्रेमकथा पेश गर्छ ।

बुधबार काठमाडौंमा आयोजना गरिएको प्रिमियर समारोहमा फिल्मले राम्रो प्रतिक्रिया प्राप्त गरेको थियो । हेरेकाले यसको छायांकन, लोकेसन, पार्श्व ध्वनि र कथावस्तुको प्रशंसा गरेका थिए । तर कमाइको हिसाबले व्यावसायिक सफल चाहिं होइन ।

फिल्ममा नमिता तामाङ, पासाङ टी शेर्पा र वीरबहादुर लामा लगायतको पनि अभिनय छ । परिच्छेद सेनको कथा रहेको फिल्ममा साम्तेन भुटिया, सुनिल निउरे र सेन स्वयंको पटकथा छ । सुरेश कार्की, रविराज कार्की र शुभ श्रेष्ठ निर्माता रहेको फिल्मको कार्यकारी निर्माता देवेन्द्र मानन्धर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?