+
+

त्रिभुवन विमानस्थलमा शंकास्पद वस्तु रहेको आशंका, आन्तरिक उडानका यात्रु बाहिर निकालियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १०:४४
बमको हल्लापछि आन्तरिक टर्मिनल तर्फ लागेको यात्रुहरुको भिड । तस्वीर : शंकर गिरी/अनलाइनखबर

२१ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा शंकास्पद वस्तु रहेको भनेर अज्ञात व्यक्तिबाट फोन आएपछि आन्तरिक उडानका सबै यात्रुहरुलाई विमानस्थलको मुख्य गेटबाट बाहिर निकालिएको छ ।

अन्तर्राष्ट्रिय उडानहरु जारी रहे पनि आन्तरिक उडान बन्द छ । अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको टोलीले सर्च अपरेसन जारी राखेको छ ।

त्रिभुवन विमानस्थलका एक अधिकारीले अनलाइनखबरसँग भने, ‘अज्ञात व्यक्तिले आज बिहान टेलिफोन गरी डोमेस्टिक टर्मिनलमा ५/६ वटा बम रहेको भनेपछि यात्रुहरु सबैलाई बाहिर निकालेर सर्च अपरेसन जारी राखेका छौं । हाम्रो सिस्टममै कहिंबाट त्यस्तो खालको कल आयो भने पूरै सर्च गर्नुपर्छ ।’

त्यसैले अहिले सबै यात्रुहरूलाई बाहिर निकालेर तालिमप्राप्त कुकुरसहितका सुरक्षाकर्मीहरुले विमानस्थलमा सर्च गरिरहेको उनले बताए । नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?