+
+

ललितपुरमा सत्तागठबन्धनको संयुक्त घरदैलो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते ११:४०

२० वैशाख, काठमाडौं । ललितपुरमा सत्तागठबन्धनका उम्मेदवारहरुले संयुक्त घरदैलो अभियान सञ्चालन गरिरहेका छन् ।

सत्तागठबन्धनबाट मेयरमा चिरीबाबु मर्हजन, उपमेयरमा माओवादी केन्द्रबाट बाबुराज बज्राचार्य छन् । मेयर र उपमेयरसहित गठबन्धनबाट वडा सदस्यका उम्मेदवारहरु समेत संयुक्त घरदैलो अभियानमा छन् ।

घरदैलोमा संयुक्त ब्यानर लिएर हिँडेका नेता/कार्यकर्ताले भोट पनि रुख चिह्न  र हसिँया हथौडामा मागिरहेका छन् ।

मेयरका उम्मेदवार महर्जनले २७ गतेसम्म संयुक्त घरदैलो अभियान चल्ने बताए । बिहान र बेलुकी घरदैलो गर्ने दिउँसो सामुहिक भेटघाट गर्ने गरी चुनावी प्रचारलाई व्यवस्थित गरिएको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?