२० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरका ए, बी, सी डिभिजन तथा विभिन्न मोफसल प्रतियोगिताका विजेता क्लबहरूलाई आइतबार एक विशेष समारोहका बीच नगद सम्मान गरेको छ।
महानगरपालिकाले ए डिभिजनका पाँच क्लब— थ्री स्टार क्लब, फ्रेण्ड्स क्लब, जावलाखेल युथ क्लब, चर्च ब्वाइज युनाइटेड र सातदोबाटो युथ क्लबलाई जनही रु ४ लाख प्रदान गरेको छ।
बी डिभिजनका तीन क्लब— च्यासल युथ क्लब, खुमलटार एफसी, ब्रिगेड ब्वाइज युनाइटेड—लाई जनही रु ३ लाख र सी डिभिजनका चार क्लब— खालीबारी युथ क्लब, पुलचोक स्पोर्ट्स क्लब, झम्सीखेल युथ क्लब—लाई जनही रु २ लाख नगदले सम्मान गरेको छ।
त्यस्तै, विभिन्न मोफसल प्रतियोगिता जित्ने चर्च ब्वाइज युनाइटेड र ब्रिगेड ब्वाइज युनाइटेडलाई प्रत्येक प्रतियोगिता जिते बापत रु ४ लाखका दरले सम्मान गरिएको छ जसमा पाँच नकआउट प्रतियोगिता जितेको चर्च व्वाइजले रु २० लाख र दुई प्रतियोगिता जितेको ब्रिगेड ब्वाइजले रु ८ लाख पुरस्कार पाएका थिए ।
समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, एन्फा महासचिव किरण राई लगायतले क्लबहरूलाई चेक हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया 4