+
+

कार्म स्टारर ‘षट्कोण’को शीर्ष गीत रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २१ गते १६:१४

काठमाडौं । कार्म स्टारर फिल्म ‘षट्कोण’को शीर्ष गीत सार्वजनिक भएको छ । विराज गौतम र विशेष पाण्डेद्वारा संगीतबद्ध गीतले मुख्य पात्रको मनोदशा चित्रण गर्छ ।

कथावाचन शैलीमा प्रस्तुत भिडियोमा अभिनेता कार्मले अपराधको खोज रिपोर्टिङ गरिरहेको पत्रकारको भूमिका निर्वाह गरेका छन् । चित्रित पात्रको मनोदशा कुनै तनावमा देखिन्छ ।

गीतमा विराज गौतमको स्वर छ । मिलन डी काप्री निर्देशित फिल्म आगामी शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ । क्लेमेन्टाइन प्रोडक्सन र ट्राभलर्स क्रिउ ब्यानरमा निर्माण भएको फिल्मलाई मनोवैज्ञानिक थ्रिलर भनिएको छ ।

फिल्ममा कार्मसहित भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम, बालकलाकार असिम लामाको अभिनय छ । वानेमको पटकथा रहेको फिल्मको संवाद महेश दवाडीले लेखेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?