+
+

म्याराडोनाको जर्सी खेलकुद जगतकै महँगो लिलामी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १४:२३

२२ बैशाख, काठमाडौं । सन् १९८६ को विश्वकपमा इंग्ल्याण्डविरुद्ध हातले गोल गर्दा स्वर्गीय डिएगो म्याराडोनाले लगाएको जर्सी विश्व खेलकुद जगतकै महंगो मूल्यमा लिलामी भएको छ ।

बुधबार अक्सानमार्फत अर्जेन्टिनी सुपरस्टारले लगाएको जर्सी ७.१४ मिलियन पाउन्ड (८.९३ मिलियन डलर)मा बिक्री भएको हो ।

विश्वकप क्वाटरफाइनलमा उनले सो जर्सीलगाएका थिए । मेक्सिकोमा भएको विश्वकपको सो खेलमा सोही जर्सी लगाएर उनले २ गोल गरेका थिए । दोस्रो हाफको छैटौं मिनेटमा आफूले गरेको गोललाई म्याराडोना आफैंले ‘ह्यान्ड अफ गड’को उपमा दिएका थिए ।

पहिलो गोलको चार मिनेट पश्चात फेरी बल ड्रिबल गर्दै दोस्रो महत्वपूर्ण गोल गरेका थिए । खेलपछि उनको त्यो महत्वपूर्ण जर्सी इङ्ल्यान्डका खेलाडी स्टिभ होजले पाएका थिए ।

होजले इंग्ल्याण्ड फुटबल म्युजियमलाई हस्तान्तरण गरेको जर्सी १९ वर्षपछि लिलामी गरिएको हो ।

जर्सी किन्ने व्यक्ति वा संस्थाको नाम गोप्य राखिएको छ ।

‘यो ऐतिहासिक जर्सी खेलकुद इतिहासमा मात्रै नभई २०औं शताब्दीको एउटा महत्वपूर्ण क्षणको मूर्त सम्झना हो ।’ जर्सी लिलामी गर्ने संस्था सोथवीका स्ट्रिटवेयर र मोर्डन कलेक्टेबल्सका उपप्रमुख ब्रहम वाचरले भने

यसअघि सन् २०१९ मा ओलम्पिक घोषणापत्रको मूल अटोग्राफ ८.८ मिलियन अमेरिकी डलरमा लिलामी भएको थियो । म्याराडोनाको जर्सीले त्यो कीर्तिमानलाई उछिनेको हो ।

म्याराडोनाकी छोरी र पूर्वपत्नीले भने सो जर्सी उनले खेलको पहिलो हाफमा लगाएको हुनाले सही जर्सी लिलामी नभएको दावी गरेका छन् । उनीहरुले गोल गर्दा लगाएको जर्सी अर्कै भएको दावी गरेका हुन् ।

 

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?