+
+
Shares

स्थानीय चुनावमा महिलालाई जिताउनुपर्छ : डिना उपाध्याय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १५:२१
फाइल तस्वीर

२२ वैशाख, चितवन । नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले स्थानीय चुनावमा महिलालाई जिताउनुपर्ने बताएकी छन् ।

चितवनको भरतपुरमा बिहीबार आयोजित पाँच दलीय चुनावी सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘रेनु दाहाल यहाँ महिला हुनुहुन्छ । काठमाडौंमा सिर्जना सिंह महिला हुनुहुन्छ । ६ महानगरपालिकामा हामीले दुई जना मात्रै प्रमुखमा महिला उम्मेदवार पाएका छौं । उहाँहरुलाई जिताउनुपर्छ।’

भतरपुरमा रेनुले विकास गरेकाले प्रमुखमा जिताउनुपर्ने उनको भनाइ छ। ‘महिलालाई जिताउने काम तामाम महिला दिदी बहिनी र साथीहरुले गर्नु भयो भने अहिले उहाँ (रेनु)ले बोल्दै गर्दा भन्नु भयो धेरै पूर्वाधार बनाइसक्नु भएको छ,’ उपाध्यायले भनिन्, ‘उहाँले त्यसलाई अगाडि बढाउनुहुन्छ । हाम्रा पार्टी सभापतिले भन्नु भएको छ, विकासका लागि रेनु दाहालले धेरै गर्नु भएको छ। जनताले पनि रेनु दाहालले राम्रो काम गरेको भन्नुहुन्छ ।’

उनले रेनुलाई पनि महिलालाई प्राथमिकतामा राखेर विकास–निर्माणका काम गर्न सुझाव दिइन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?