+
+
Shares

योग्य छ भने छोरी भनेर छेक्नुहुन्न : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १६:१९

२२ वैशाख, चितवन । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुर महानगरपालिकाको मेयरको उम्मेदवार रेनु दाहाललाई पुष्पकमल दाहाल प्रचण्डको छोरीको रुपमा मात्र बुझ्न नहुने बताए

बिहीबार चितवनको भरतपुरमा सत्तारुढ गठबन्धनले आयोजना गरेको संयुक्त सभालाई सम्बोधन गर्दै उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताए ।

‘रेनुलाई पुष्पकमल दाहालको छोरीका मात्रै हेर्नुहुन्न,’ उनले भने, ‘कोही योग्य छन् भने आफ्नो योग्यताका आधारमा आउने हुन् । बाबुको आधारमा होइन । कोही योग्य छ भने छोरी भनेर छेक्नु पनि हुँदैन ।’

नेता नेपालले आफ्नो पूर्व पार्टी नेकपा एमालेलाई कुहिएको फर्सीको संज्ञा दिए । नेता नेपालले पवित्र उद्देश्यले अहिलेको गठबन्धन बनाएको र त्यसले राम्रै भएको बताउँदै नमिलेको ठाउँमा मिलाउनुपर्ने बताए ।

‘हामीले पवित्र उद्देश्यले संयुक्त अभियान अगाडि बढाएका छौं,’ उनले भने, ‘यसले गठबन्धन दललाई केही न केही फाइदा भएको छ । अहिले पनि कतिपय ठाउँमा मिलेका छैनन् । म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नमिलेका ठाउँमा मिलाउनुहोस्, सहमति गर्नुपर्ने ठाउँमा गर्नुहोस् ।’

भरतपुरले विकासप्रेमी मेयर पाएको दाबी गर्दै नेपालले मेयरकी उम्मेदवार रेनु दाहालको प्रसंसा समेत गरे । ‘जसलाई सोध्यो– रेनु दाहाल विकास प्रेमी मेयर पाएका छौं भन्छन् । यसका कुनै शंका छैन’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?