+
+

अहिले रेनुलाई सहयोग गर्नुस्, भोलि छोडिदिनुस् भनौंला : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २२ गते १६:४७

२२ वैशाख, चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकाको मेयरमा बखेडा नगर्न पार्टीका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

चितवनको भरतपुरमा बिहीबार आयोजित सभामा देउवाले गठबन्धन टुटाउने षड्यन्त्र भइरहेको बताए । ‘षड्यन्त्रमा फस्यो भने हाम्रो पार्टी खतम हुन्छ,’ उनले भने, ‘यो गठबन्धन टुटाउने षड्यन्त्र चितवन, भरतपुरबाट हुनै सक्दैन ।’

अहिले माओवादी केन्द्रको मेयरका उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका उनले भोलि राम्रो काम गरे कांग्रेस नेता कार्यकर्ताले पनि अवसर पाउने बताए ।

देउवाले भने, ‘उहाँलाई पछि छोडिदिनुस्, हामीलाई सहयोग गर्न भनौंला । उहाँलाई यो पटक सहयोग गरेर हेर्नुपर्‍यो । त्यसैले उहाँलाई जिताउनु हाम्रो कर्तव्य हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?