+
+

जिम्बावे ‘ए’ विरुद्ध नेपालको खराब ब्याटिङ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २३ गते ११:०४

२३ वैशाख, काठमाडौं । जिम्बावे ‘ए’ विरुद्ध पहिलो एकदिवसीय क्रिकेटमा नेपालले खराब ब्याटिङ गरेको छ । त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले नेपालले १८.१ ओभर हुँदा ७ विकेट गुमाएर ८४ रन बनाएको छ ।

जिम्बावे ए का बलरको धारिलो बलिङ सामु नेपाली ब्याटर टिकेर खेल्न सकेका छैनन् । कुनै पनि खेलाडीले व्यक्तिगत २० रन बनाउन सकेका छैनन् ।

नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले १८ रन बनाएर आउट भए ।

पहिलो ओभरमै ३ चौकासहित १४ रन जोडेका कुशलले १० बल खेल्दै कुल चार चौका प्रहार गरे । दीपेन्द्रले २० बल खेल्दै ३ चौका प्रहार गरे ।

आसिफ शेख र आरिफ शेख समान ५ रन बनाएर आउट भए भने रोहित पौडेलले ३ तथा आदिल आलमले २ रन बनाएर आउट भए ।

जिम्बावेका ब्राड एभान्सले ३, भिक्टोर न्याउचीले २ र ब्राण्डन मभुताले १ विकेट लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?