+
+

झापाका उमेश राईले जिते १६औं धर्मश्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २५ गते १३:३०

२५ वैशाख, काठमाडौं । व्यक्तिगत विधाको खेलकुदमा सर्बाधिक पुरस्कार राशी दावी गरिएको शारीरिक सुगठन प्रतियोगिता धर्मश्रीको १६औं संस्करणको उपाधि झापाका उमेश राईले जितेका छन् ।

एनआरके फिटनेसका राईले झापाकै ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै १० लाख रुपैयाँ पुरस्कार जितेका हुन् ।

उपविजेता धिमालले ५ लाख र तेस्रो भएका मसल्स एण्ड फिटनेस नयाँबजारका कृष्णबहादुृर सूर्यवंशीले २ लाख रुपैयाँ पुरस्कार पाए ।

नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा उमेश राई ८० केजीमुनी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधीको ओभर अल राउण्डमा प्रवेश गरेका थिए । यस्तै धिमाल ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । सूर्यवंशीले ७५ केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

शनिबार ढिलो गरी सम्पन्न प्रतियोगितामा ७ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहमा विजेता भएका खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका लागि प्रतिस्पर्धा गरेका थिए ।

त्यही क्रममा चौथो स्थानमा बिलिजेण्ड शेप फिटनेश, खुसिवुका सन्जम सागर शाक्य रहे । ७० केजी तौल समूहका उनले नगद १ लाख ५० हजार प्राप्त गरे ।

पाँचौ स्थानमा प्लानेट फिटनेश ईटहरीका पुष्प शंकर रहे । ६५ केजी तौलका उनले नगद १ लाख प्राप्त गरे । छैटौ स्थानमा आयोजक नेपाल ब्यायाम मन्दिरका डेभिड बलामी रहे । ६० केजी तौल समूहका उनले नगद ९० हजार प्राप्त गरे । यस्तै अन्तिम तथा सातौं स्थानमा आयोजक संस्थाकै राजु राई रहे । ५५ केजी तौल समूहका उनले नगद ८० हजार प्राप्त गरे ।

तौल समूह अन्तरगत भएको प्रतिस्पर्धामा ५५ केजी तौलमा जिम एक्स नयाबजारका उमेश डंगोल दोश्रो र हेल्थ बेनिफिटनेश, नेपालगंजका सिद्धान्त जसरोटिया तेश्रो भए ।

६० केजीमा युनिभर्सल फिजिकल फिट, भक्तपुरका किशन दास दिवाकर दोश्रो र रत्नश्री, पोखराका सुरेश लामा तेश्रो भए ।

६५ केजीमा आयोजकका आषिश देवाजु दोश्रो र यारो फिटनेश, मोरङका मोनोज सुवेदी तेश्रो भए ।

७० केजीमा द वर्कआउट स्टेशन, नयाँबजारका अशोक महर्जन दोश्रो र रुपन्देही फिटनेश टाईमभका कृष्णप्रसाद श्रेष्ठ तेश्रो भए ।

७५ केजी तौलमा बिलिजेण्ड शेप फिटनेश, खुसिबुका प्रवेश श्रेष्ठ दोश्रो र आयोजकका आदित्य ठाकुर तेश्रो भए ।

८० केजीमा प्याराडइज फिटनेश सेन्टर, कलंकीका बिवेक सिंह धामी दोश्रो र प्लाटिनियम फिजिक फिटनेश, बानेश्वरका हरि थापा तेश्रो भए ।

८० केजीमाथिको तौलमा आयोजकका ग्रिस महर्जन दोश्रो र गोर्खाली फिटनेश, न्यूरोडका अरुण कुमार प्रधान तेश्रो भए ।

तौलसमूहको स्पर्धामा दोश्रो हुने खेलाडीले ४० हजार रुपैयाँ र तेश्रो हुने खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?