
२५ वैशाख, जुम्ला । जुम्लामा १०२ मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृतसहित ४९६ कर्मचारी खटिएका छन् ।
मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत तोयानाथ उपाध्यायका अनुसार जिल्लाका ७९ मतदानस्थलका १०२ मतदान केन्द्रमा खटिने कर्मचारी कार्यक्षेत्रमा खटिएका हुन् ।
उनका अनुसार पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा ५ जना र पाँचसय भन्दा कम मतदाता भएका केन्द्रमा ४ जना कर्मचारी रहनेछन् ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माका अनुसार जिल्लाका ८८ मतदान केन्द्रमा पाँचसय भन्दा बढी मतदाता र १४ वटामा पाँच सय भन्दा कम मतदाता छन् ।
प्रत्यक केन्द्रमा कर्मचारी सहित ३ जना स्वयंसेवक खटिने भएका छन् । त्यसको जिम्मेवारी मतदान अधिकृतकै हुने छ । कार्यालय प्रमख शर्माले मतदान अधिकृत र सहायक मतदान अधिकृतको तालिम संचालन गरिसकेको जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4