+
+

F1 देखि F12 सम्म, यस्ता छन् सर्टकट की को काम

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १२:३१

आफ्नो कम्प्युटर किबोर्डको सबैभन्दा माथिका बटनहरुमा हेर्नुहोस् । त्यहाँ F अक्षरको शृङ्खलाका बटनहरू हृुन्छन्, F1, F2, F3 गरी F12 सम्म ।

यी बटनलाई क्विक फंक्सन की भनिन्छ र यिनीहरुले कम्प्युटरमा तपाईंको काम निकै सजिलो बनाउँछन् ।

विभिन्न ब्राउजरमा यसको प्रयोगले कम्प्युटर प्रयोगकर्ताको समय बचाउँदछ ।

माइक्रोसफ्टका अनुसार सर्टकट सँगै एक्सटर्नल की बोर्डले माइक्रोसफ्ट वर्डमा काम गर्न निकै सजिलो बनाउँदछ ।

माइक्रोसफ्टका अनुसार हिँडडुल गर्दै काम गर्नुपर्ने र आँखाको ज्योतिमा समस्या भएकाहरूका लागि सर्टकट की निकै उपयोगी हुन्छ र प्रयोग गर्नमा निकै सजिलो । ती व्यक्तिका लागि टच स्क्रिन वा माउसको तुलनामा सर्टकट की को प्रयोग निकै सजिलो हुन्छ ।

एप्पलका कम्प्युटरमा पनि F फंक्सन हुन्छ । एप्पलको अपरेटिङ सिस्टममा एफ फंक्सनले विशेष काम गर्दछन् । स्क्रिनको ब्राइटनेस मिलाउन वा आवाज घटबढ गराउनका लागि समेत यसको प्रयोग गर्न सकिन्छ । यद्यपि यसलाई सर्टकट की को रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

F1 देखि F12 सम्मका फंक्सनल की ले के के काम गर्दछन् ? आउनुहोस् चर्चा गरौं –

F1

विन्डोजमा सिधै हेल्फ मेन्यू खोल्नका लागि एफ वा की थिच्नु पर्दछ । यसले एक्सेल तथा वर्ड, विन्डोज स्ट्रिपमा अप्सन मेन्यूलाई लुकाउने वा देखाउने काम पनि गर्दछ ।

यदि तपाईंले Ctrl+F1  थिच्नुभयो भने शो फर्म्याटिङ टास्क पेन देखिन्छ ।

एप्पलमा F1 मा एक लाइट बल्बको आइकन हुन्छ जसले स्क्रिन को चमकलाई कम गर्दछ ।

त्यस्तै वर्डमा FN थिच्दा तपाईंले उक्त फाइलमा गरेका सबै काम अनडु अर्थात् मेटिन्छन् ।

F2

Alt + Ctrl + F2 थिच्नुहोस् । तपाईंको कम्प्युटरको स्क्रिनमा माइक्रोसफ्टको डकुमेन्ट लाइब्रेरी खुल्दछ । यदि तपाईं माइक्रोसफ्ट वर्डमा हुनुहुन्छ र Ctrl + F2 थिच्नुभयो भने तपाईं जुन फाइलमा काम गरिरहनुभएको छ त्यसको फ्रिन्ट प्रिभ्यू देखिन्छ ।

विन्डो एक्सप्लोररमा यसबाट तपाईंले कुनै फोल्डर वा फाइललाई रिनेम गर्न सक्नुहुन्छ ।

यदि तपाईं एक्सेल प्रयोग गर्नुहुन्छ भने तपाईंले F2 थिचेर एक्टिभ सेललाई सम्पादन गर्न सक्नुहुन्छ ।

यदि तपाईं एप्पल प्रयोग गर्नुहुन्छ भने F2 को प्रयोग स्क्रिनको चमक बढाउनमा प्रयोग गरिन्छ । F1 रF2 बाट तपाई मेन्यू खोल्न सक्नुहुन्छ । एक्सेलमा सेल इडिट गर्न सकिन्छ र फाइल रिनेम गर्न सकिन्छ ।

F3

विन्डोज एक्सप्लोरर, फायरफक्स तथा क्रोममा सर्च फंक्सन खोल्नका लागि F3 को प्रयोग हुन्छ ।

यदि तपाईं Shift जस्तै F3 लाई पनि सँगै दबाउनुहुन्छ भने तपाईं ठूलो अक्षर तथा सानो अक्षरमा जान सक्नुहुन्छ ।

एप्पल म्याक मा मिसन कन्ट्रोललाई अफ वा अन गरेर तपाइँ सबै ओपन विन्डोज एकसाथ हेर्न सक्नुहुन्छ ।

यदि तपाइँ म्याकमा वर्डको प्रयोग गर्नुहुन्छ भने F3 को प्रयोग गरेर कुनै सेलेक्टेड सामाग्रीलाई कपी गरेर क्लिपबोर्डमा हाल्न सक्नुहुन्छ ।

F4

यसले तपाईंले ब्राउजरको एड्रेस बारमा कर्सर राख्न अनुमति दिन्छ । Alt+F4  को प्रयोग गरी विन्डोज बन्द गर्न सक्नुहुन्छ ।
यदि तपाईं एप्पल प्रयोग गरिरहनुभएको छ भने F4 बाट लन्चप्याडलाई अफ वा अन गर्न सक्नुहुन्छ । म्याकमा एप खोज्न वा खोल्नमा यसको प्रयोग हुन्छ ।

यो सर्टकटको प्रयोग गरी तपाइँले क्लिपबोर्डमा कन्टेन्ट पेस्ट गर्न सक्नुहुन्छ ।

F5

इदि तपाईं आफ्नो वेब ब्राउजर तथा खोलिएको फोल्डरलाई अपडेट वा रिफ्रेस गर्न चाहनुहुन्छ भने F5 थिच्नुहोस् ।

ब्राउजर अपडेट गर्नुका अलावा तपाईंले क्यासे (अस्थायी रुपले स्टोर भएका डाटा) हटाउन चाहनुहुन्छ भने पनि Ctrl + F5 थिच्न सक्नुहुन्छ ।

इदि तपाईं पावरप्वाइन्ट प्रयोग गरिरहनुभएको छ र पि्रजेन्टेसन सुरु गर्न चाहनुहुन्छ भने पनि F5 थिच्नु पर्दछ । ।

माइक्रोसफ्ट अफिसमा यसलाई फाइन्ड एण्ड रिप्लेस अप्सन खोल्नका लागि प्रयोग गरिन्छ ।

एप्पलमा यो बटनको प्रयोग लाइट इन्टेन्सिटी घटाउनका लागि गरिन्छ । वर्डमा यो सर्टकटबाट न्य त्य डाइलग बक्स खुल्दछ ।

F6

विन्डोजमा या बटनलाई स्टप्लिट स्क्रिनमा  पन्ना पल्टाउनका लागि प्रयोग गरिन्छ ।

Ctrl + Shift + F6  बाट तपाईं सजिलैसँग वर्ड डक्युमेन्ट स्वीच गर्न सक्नुहुन्छ ।

म्याकमा यो की ले बटनहरुको लाइट इन्टेन्सिटी बढाउने काम गर्दछ ।

एप्पल कम्प्युटरमा वर्ड चलाउँदा यो की ले डकुमेन्ट, टास्कपेन, स्टेटस बार र मेनू बारमा स्वि चगर्न सहयोग गर्दछ ।

F7

यदि तपाईं वर्ड डकुमन्टमा हिज्जे तथा व्याकरण जाँच गर्न चाहनुहुन्छ भन विन्डोजमा Alt + F7 को प्रयोग गर्न सक्नुहुन्छ ।

म्याकमा भने स्पेलिंग र ग्रामर चेक गर्नका लागि केवल F7 थिचे पुग्दछ ।

इदि तपाईं पर्यावाची शब्द खोज्न चाहनुहुन्छ भने विन्डोजमा +F7  थिच्न सक्नुहुन्छ ।

F8

यदि विन्डोजमा काम गरिरहनुभएको छ भने F8 थिच्नाले सेफ मोड सुरु हुन्छ ।

एक्सेलमा F8 की थिच्नाले एक्सटेनडेड मोड खुल्दछ ।

एप्पलमा यसलाई आइट्युनमा गीत बजाउन तथा रोक्नका लागि प्रयोग गरिन्छ ।

एप्पलमा वर्ड प्रयोग गर्दा F8 लाई कुनै खण्ड सानो वा ठूलो बनाउनमा प्रयोग गरिन्छ ।

F9

इो फंक्सनल की को प्रयोग कतिपय एप्लिकेसनमा इमेल प्राप्त गर्न वा पठाउनका लागि हुन्छ ।

यदि विन्डोज प्रयोग गर्नुहुन्छ भने खाली ठाउँमा insert गर्नका लागि Ctrl + F9  को प्रयाग गर्न सकिन्छ ।

एप्पलमा सेलेक्टेड फिल्ड अपडेट गर्नका लागि यो फंक्सनल की को प्रयोग हुन्छ । म्याकमा F9 लाई आइट्यून प्ले लिस्टमा अघिल्लो गीत बजाउनका लागि पनि प्रयोग गरिन्छ ।

F10

यसबाट तपाईं कुनै एप्लिकेसनको मेन्यू बार अर्थात् रिबन एक्टिभेट गराउन सक्नुहुन्छ । यसले फरक फरक ट्याबमा जाने अनुमति पनि दिन्छ । साथै यसले विन्डोजमा कर्सर वा की सम्म जानसमेत सहयोग गर्दछ ।

Shift + F10 थिच्नाले विन्डोजमा कन्टेक्स्ट मेन्यू खुल्दछ । डेस्कटप वा फाइल तथा फोल्डरमा राइट क्लिक गर्नाले यो मेन्यू खुल्दछ ।

एप्पल कम्प्युटरमा भने F10 लाई विन्डोज मेक्सिमाइज गर्नमा प्रयोग गरिन्छ । म्याकमा यसलाई अडियो बन्द गर्न तथा खोल्नमा प्रयोग गरिन्छ ।

F11

यदि तपाईं पर्सनल कम्प्युटरमा फूल स्क्रिन मोडबाट बाहिर आउन चाहुनुहुन्छ वा त्यसमा जान चाहनुहुन्छ भने F11 थिच्नुहोस् ।

यदि तपाईं Shift की दबाइरहनुभएको छ एक्सेल प्रयोग गरिरहनुभएको छ भने स्प्रेडसिट एक्टिभेट हुन्छ ।

एप्पलमा अडियो भोल्यूम क मगर्नका लागि यसको प्रयोग गर्न सकिन्छ । वर्डमा यसको प्रयोग Next Field मा जानका लागि हुन्छ ।

F12

वर्डमा Save As खोल्नका लागि  F12 थिच्न सकिन्छ । यसबाट तपाईं सिधै वर्ड डकुमेन्ट सेभ गर्न सक्नुहुन्छ ।

प्रिन्ट फंक्सन खोल्नका लागि Ctrl + Shift + F12 थिच्नुपर्दछ । यदि तपाईं एप्पल प्रयोग गर्नुहुन्छ भने F12 की प्रयोग गरेर तपाईं अडियो भोल्यूम बढाउन सक्नुहुन्छ ।

बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?