+
+

पोखरामा ओलीको टिप्पणी : यो गठबन्धन झाडीमा जन्मिएको हो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १४:४७

२६ वैशाख, पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबबन्धन झाडीमा जन्मिएको टिप्पणी गरेका छन् ।

सोमबार पोखरामा नेकपा एमालेले आयोजना गरेको आमसभामा बोल्दै उनले सत्तारुढ गठबन्धन कसले जन्मायो भन्ने नखुलेको बताए ।

‘यो झाडीमा जन्मिएको गठबन्धन हो, परमादेशबाट आएको गठबन्धन हो, कसले फालेको हो थाहा छैन’ उनले भने, ‘यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन ।’

उनले सत्तारुढ गठबन्धन देशकै कलंक भएको बताए । ओलीले वैशाख ३० देखि हामीले जनताको तागत देखाउन सुरु गर्ने पनि बताए ।

ओलीको भनाइ जस्ताको तस्तै :

‘मैले भनिरहनुपर्छ जस्तो लाग्दैन । …यो पाँचदलीय गठबन्धनजस्तो यो देशको कलंक, संविधानको कलंक, लोकतन्त्रको कलंक, सरकारका नामको कलंक । संसदमा सरकार जन्मिन्छ, संसदले सरकार चाहन्छ । यो झाडीमा जन्मिएको गठबन्धन, परमादेशबाट आएको गठबन्धन, यो कसले फालेको हो थाहा छैन । कहाँबाट पैदा भएको ? यस्तोलाई कसैले साथ दिन्छ भन्ने मलाइ लाग्दैन । जनताले त यसलाई साथ दिँदै दिदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?