+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

१० कित्ताभन्दा बढी सेयर भएमा ‘अडलट’मा विक्री गर्न नपाईने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १५:३६

२६ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले १० कित्ताभन्दा बढी सेयर हुने शेयरधनीलाई अडलटमा बिक्रीमा रोक लगाएको छ । सोमबार ब्रोकर तथा सरोकारवाला पक्षहरुलाई सूचना जारी गर्दै नेप्सेले यस्तो निर्देशन दिएको हो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ विपरीत १० कित्ताभन्दा बढी सेयर हुने धितोपत्र धनीले पनि अडलट बनाई कारोबार गर्ने गरेको पाइएपछि यस्तो निर्देशन दिइएको नेप्सेले जनाएको छ ।

धितोपत्र कारोबार सञ्चालन विनियमावली २०७५ मा कारोबार इकाइभन्दा कम परिमाणको धितोपत्र अडलट हुने र त्यस्तो धितोपत्रको कारोबारलाई अडलट कारोबार भनिने भन्दै नेप्सेले सूचनामा भनेको छ ‘कारोबार इकाइ वा सोभन्दा बढी धितोपत्र भएका धितोपत्र धनीले त्यस्तो धितोपत्रको अडलट बिक्री गर्न पाइने छैन ।’

नेप्सेले धितोपत्र कारोबार सम्बन्धमा रहेको कानूनी व्यवस्था बमोजिम मात्रै कारोबार गर्न ब्रोकरलाई सचेत पनि गराएको छ । यस्तो निर्देशनपछि अब शेयरधनीसँग १० कित्ताभन्दा बढी सेयर भएमा अडलटमा बिक्री गर्न पाउनेछैन । नेप्सेले यस्तो कारोबार टीएमएस प्रणालीबाट समेत विक्री नर्गन भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?