+

छोटो समयमै शरीरको तौल बढाउन यस्तो बनाउनुस् खाना तालिका

२०७९ वैशाख  २६ गते १६:१८ २०७९ वैशाख २६ गते १६:१८
छोटो समयमै शरीरको तौल बढाउन यस्तो बनाउनुस् खाना तालिका

काठमाडौं । एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ ।

उमेर अनुसारको तौल नभएमा त्यस्तो व्यक्तिलाई दुब्लो भनिन्छ । दुब्लोपन हुनुमा शरीरलाई चाहिने पर्याप्त खानाको अभाव, पेटमा जुका तथा अन्य परजीवीले खाना सोस्ने लगायतका कारण हुनसक्ने पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् ।

‘हाम्रो खाना जुका वा परजीवीले खाने गर्दछ। त्यसले शरीरको प्रतिरक्षा शक्तिलाई कमजोर पार्छ । कुनै दीर्घरोगको संक्रमण भयो भने शरीर दुब्लाउँदै जान्छ,’ उनी भन्छन् ।

दुब्लोपन भएको एक वयस्क व्यक्तिले निम्न कुरा सेवन गरे छोटो समयमै तौल बढाउन सकिने डा. उपाध्याय सुझाउँछन् ।

तौल बढाउनका लागि दैनिक खाना तालिका

– बिहान ७ देखि साढे ७ बजेसम्ममा दुईवटा पाउरोटी, दूध, अण्डा, दुईवटा जति ओखर, काजु, बदाम खाने ।

-१० देखि साढे १० बजेभित्रमा दही वा दूधसँग केरा खाने ।

– दिउँसो १ देखि २ बजेको अवधिमा एकदेखि दुई कप भात, एक कप दाल र एक कप तरकारी खाने, तरकारीमा आलुलाई बढी जोड दिने ।

– अपरान्ह ४ देखि ५ बजेको अवधिमा एक कप भिजाएर टुसा उमारिएको चना र चिउरामा तेल र अमिलो हालेर चटपटेजस्तो बनाएर नास्ता खान सकिने, यसमा गुलिया फलफूल मेवा, आँप, खर्बुजा मिलाएर खाने ।

बेलुकाको खाना ८ बजेसम्म खाइसक्नुपर्ने र खानामा दाल, भात र तरकारीका साथै माछामासु पनि समावेश गर्नुपर्छ । यदि बिहानको खानामा मासु खाएको हो भने बेलुका हरियो सागसब्जी बनाएर खाँदा राम्रो हुन्छ । सधैं एउटै खाना खानुभन्दा फरक-फरक प्रकारका खानेकुरामा जोड दिनुपर्छ ।

यस्तै खाना खाने समयभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टासम्म पानी पिउनु हुँदैन । दालका प्रकारमा गेडागुडी भिजाएर टुसा उमारेर मज्जाले झोल पिउनुपर्छ ।

खाना दुब्लोपन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

नयाँ नेतृत्वले १० प्रतिशतको मुद्दालाई ‘बालेन मोडेल’ झैं देशभर लागू गर्ला ?

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

वीरमा पहिलो पटक ‘स्पेक्ट-सिटी, शरीरका अंगले कति काम गरिरहेका छन् भन्ने खुल्ने

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

स्वास्थ्यमन्त्रीको आक्रोश : अस्पताल संकटमा छन्, अर्थ मन्त्रालय ‘कुलिङ पिरियड’ मनाउन व्यस्त छ

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

किष्ट मेडिकल कलेजमा भएको ‘कलेजो प्रत्यारोपण अध्ययन’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रस्तुत हुँदै

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

कसरी हुन्छ आयुर्वेदमा थाइराइडको उपचार ?

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक

मुख स्वास्थ्य : बालकदेखि वृद्धवृद्धासम्मलाई आवश्यक