+

छोटो समयमै शरीरको तौल बढाउन यस्तो बनाउनुस् खाना तालिका

२०७९ वैशाख  २६ गते १६:१८ २०७९ वैशाख २६ गते १६:१८
छोटो समयमै शरीरको तौल बढाउन यस्तो बनाउनुस् खाना तालिका

काठमाडौं । एक वयस्क मानिसलाई दिनमा १५ सय क्यालोरी शक्ति चाहिन्छ । यदि १३ सय क्यालोरी भन्दा कम भएमा शरीरको ऊर्जा पनि कम हुँदै जान्छ । जसकारण मानिस दुब्लाउँदै जान्छ ।

उमेर अनुसारको तौल नभएमा त्यस्तो व्यक्तिलाई दुब्लो भनिन्छ । दुब्लोपन हुनुमा शरीरलाई चाहिने पर्याप्त खानाको अभाव, पेटमा जुका तथा अन्य परजीवीले खाना सोस्ने लगायतका कारण हुनसक्ने पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् ।

‘हाम्रो खाना जुका वा परजीवीले खाने गर्दछ। त्यसले शरीरको प्रतिरक्षा शक्तिलाई कमजोर पार्छ । कुनै दीर्घरोगको संक्रमण भयो भने शरीर दुब्लाउँदै जान्छ,’ उनी भन्छन् ।

दुब्लोपन भएको एक वयस्क व्यक्तिले निम्न कुरा सेवन गरे छोटो समयमै तौल बढाउन सकिने डा. उपाध्याय सुझाउँछन् ।

तौल बढाउनका लागि दैनिक खाना तालिका

– बिहान ७ देखि साढे ७ बजेसम्ममा दुईवटा पाउरोटी, दूध, अण्डा, दुईवटा जति ओखर, काजु, बदाम खाने ।

-१० देखि साढे १० बजेभित्रमा दही वा दूधसँग केरा खाने ।

– दिउँसो १ देखि २ बजेको अवधिमा एकदेखि दुई कप भात, एक कप दाल र एक कप तरकारी खाने, तरकारीमा आलुलाई बढी जोड दिने ।

– अपरान्ह ४ देखि ५ बजेको अवधिमा एक कप भिजाएर टुसा उमारिएको चना र चिउरामा तेल र अमिलो हालेर चटपटेजस्तो बनाएर नास्ता खान सकिने, यसमा गुलिया फलफूल मेवा, आँप, खर्बुजा मिलाएर खाने ।

बेलुकाको खाना ८ बजेसम्म खाइसक्नुपर्ने र खानामा दाल, भात र तरकारीका साथै माछामासु पनि समावेश गर्नुपर्छ । यदि बिहानको खानामा मासु खाएको हो भने बेलुका हरियो सागसब्जी बनाएर खाँदा राम्रो हुन्छ । सधैं एउटै खाना खानुभन्दा फरक-फरक प्रकारका खानेकुरामा जोड दिनुपर्छ ।

यस्तै खाना खाने समयभन्दा आधा घण्टा अगाडि र खाना खाएको आधा घण्टासम्म पानी पिउनु हुँदैन । दालका प्रकारमा गेडागुडी भिजाएर टुसा उमारेर मज्जाले झोल पिउनुपर्छ ।

खाना दुब्लोपन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

चिनीमात्र होइन, धेरै नुन खाँदा पनि बढ्छ रगतमा सुगर  

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

गर्भावस्थामा के-के गर्नुहुँदैन ? (भिडियो)

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

थाइराइडमा मोटोपनसँगै निम्तिन सक्ने ८ समस्या

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

भिटामिन ईको कमी हुँदा शरीरमा के हुन्छ ?

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

धुम्रपान सुरु गर्ने ‘गेट वे’ बन्दैछ ई-सिगरेट

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?

गर्मीसँगै सक्रिय हुँदैछ कोभिड, कारण के हो ?