+
+

राजस्व छली अभियोगमा दुईजना विरुद्ध १७ करोडको मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १७:५३

२६ वैशाख, काठमाडौं । अन्तरा इन्टरनेश्नल प्रालि काठमाडौंका सञ्चालकसहित दुईजना विरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । नक्कली भ्याट बिलमार्फत राजस्व चुहावट गरेको आरोपमा प्रालिका सञ्चालक डोटीका गणेशबहादुर केसी र कम्पनीका लेखापरीक्षक श्यामसुन्दर यादव विरुद्ध १७ करोड ७ लाख ५५ हजार रुपैयाँ विगो मागदावी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

विभागका अनुसार कम्पनीका आरोपितद्वयले राजस्व चुहावट गर्ने मनासायका साथ नक्कली तथा झुटा मूल्य अभिवृद्धि कर विजक जारी गरेको अनुसन्धानमा पाइएको थियो ।
आरोपितहरुले आयकर समेत छलेको विभागले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । विभागले मूल्य अभिवृद्धि करतर्फ २ करोड ५० लाख ४५ हजार, आयकरतर्फ ६ करोड ३ लाख ३२ हजार गरी कुल विगो ८ करोड ५३ लाख ७७ हजार कायम गरेको छ ।

यस्तै विगोको शतप्रतिशत जरिवानासमेत गरेर कुल १७ करोड ७ लाख ५५ हजार १०८ रुपैयाँ माग दावी गरिएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?