+
+

राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष र चितवन जिल्ला अध्यक्षलाई सोध्यो निर्वाचन आयोगले स्पष्टीकरण

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २६ गते १९:४९
फाइल तस्वीर

२६ वैशाख, काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र चितवन जिल्लाका अध्यक्ष बद्री तिमिल्सिनालाई स्पष्टीकरण सोधेको छ । आयोगले खड्का र तिमिल्सिनालाई पत्र प्राप्त भएको तीन दिनभित्र जवाफ पेश गर्न भनेको छ ।

आयोगले तिमिल्सिना र खड्कालाई स्थानीय तह निर्वाचनको सम्मुखमा भरतपुरका मतदातालाई भूमिको निस्सा बाँडेको हो, होइन ? भूमिको निस्सा बाँड्दा निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन ? भन्ने प्रश्नको स्पष्ट जवाफ पेश गर्न निर्देशन दिएको छ ।

२३ वैशाखमा तिमिल्सिना र खड्काले निर्वाचन आचारसंहिता विपरीत चितवनको भरतपुर–११ गणेस्थानमा भूमिको निस्सा बाँडेका थिए ।

आयोगले राष्ट्रिय भूमि आयोगलाई मातहतबाट हुने भूमिको निस्सा वितरणसम्बन्धी सम्पूर्ण कार्य निर्वाचन आचारसंहिता लागू रहने अवधिसम्म स्थगित गर्न पनि अनुरोध गरेको छ ।

यसैगरी आयोगले गोरखापत्र दैनिकका प्रधान सम्पादकलाई पनि स्पष्टीकरण सोधेको छ । २२ वैशाखमा गोरखापत्र दैनिकको पृष्ठ १ र २ मा प्रकाशित ‘गठबन्धनप्रति इमानदार बन्न देउवाको आग्रह’ र २५ वैशाखमा प्रकाशित ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा छापिएको समाचारको विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो  । पत्र प्राप्त भएको समयले चौबिस घण्टाभित्र सो विषयमा जवाफ पेश गर्न आयोगले गोरखापत्रका सम्पादकलाई निर्देशन दिएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?