+
+

विप्लवलाई वर्षमानको आग्रह : लजाउनु पर्दैन, माओवादी केन्द्रमै फर्कनुस्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ९:१२

२७ वैशाख, रोल्पा । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन (अनन्त)ले नेत्रविक्रम चन्द (विप्लव)लाई माओवादी केन्द्रमा फर्किन आग्रह गरेका छन् ।

राजनीतिक उपलब्धिलाई निर्वाचनमार्फत् संस्थागत गर्ने माओवादी नीतिलाई संशोधनवादी र गद्दारीको बाटो भन्दै अर्को पार्टी गठन गरेका विप्लव अन्ततः चुनावी प्रतिस्पर्धामै फर्किएकोमा खुसी व्यक्त गर्दै पुनले आफ्नो पुरानो घर माओवादी केन्द्रमा फर्किन आग्रह गरेका हुन् ।

‘विप्लवजीले १० वर्षअघि बाटो बिराउनु भएको थियो । अहिले सहीबाटोमा फर्कनु भएको छ’, गृहजिल्ला रोल्पाको सुनछहरी गाउँपालिको फगाममा सोमबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै पुनले भने, ‘गणतन्त्र, संघीयताको र सामाजिक न्यायसहितको मूलधारमा, मूल बाटोमा स्वागत छ ।’

कतै कांग्रेस, कतै एमाले र कतै अरु दलको चुनाव चिह्न लिएर विप्लवले स्थानीय निर्वाचनमा भाग लिएको भन्दै पुनले त्यसो गर्नुभन्दा प्रचण्डले नेतृत्व गरेको नेकपा माओवादी केन्द्रमा समाहित हुनु प्राकृतिक र हितकर हुने बताए । उनले भने, ‘अरुका पछाडि लाग्नुभन्दा प्रचण्ड नेतृत्वको मूलधारमा आउनुहोस्, यसमा नलजाए हुन्छ ।’

रोल्पाका अधिकांश पालिकामा विप्लव समूहले कांग्रेस, एमाले र राप्रपासँग चुनावी तालमेल गरेर स्थानीय तह निर्वाचनमा होमिएको छ ।

माओवादी केन्द्रमा फर्किए विप्लवसहित सो समूहका नेता कार्यकर्तालाई उचित जिम्मेवारी दिन आफूहरु तयार रहेको पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?