+
+

भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिइन्

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते ७:२३

२७ वैशाख, काठमाडौं । भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत भेटिएकी छन् । उनी निकट स्रोतले सन्जुको मृत्युको पुष्टि गर्दै थप विवरण केहीबेरमा सार्वजनिक गर्ने बतायो । घटनाको पूरा विवरण खुल्न बाँकी छ ।

नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । ललितपुरको लुभुस्थित प्रशिक्षक महर्जनको घरमा बस्दै आएकी उनी आज बिहान मृत अवस्थामा फेला परेको स्रोतले बतायो ।

सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?