+
+

वर्षमान पुनको हिसाब- ६० प्रतिशत पालिकामा गठबन्धनबीच तालमेल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १०:१०

२७ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले सत्ता गठबन्धनका दलहरूबीच ६० प्रतिशत स्थानीय तहमा तालमेल भएको दाबी गरेका छन् ।

लिवाङमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा नेता पुनले गठबन्धन सफल भएको दाबी गर्दै धेरै सथानीय तहमा तालमेल भएको बताएका हुन् ।

‘६ महानगरमा गठबन्धन सफल भयो, ११ उपमहानगरमा गठबन्धन गरियो’ पुनले भने, ‘र, झण्डै ६० प्रतिशत स्थानीय पालिकामा पाँच दलीय गठबन्धन भएको छ। कतिपय ठाउँमा पाँच दल भित्रकै चार दल, तीन दल या दुई दलबीच पनि गठबन्धन भएको छ। कतिपय ठाउँमा स्वस्थ प्रतिस्पर्धा गर्ने व्यवस्था गरिएको छ । मुलरुपमा गठबन्धन सफल भएको छ।’

अघिल्लो चुनावमा कांग्रेस र माआवादी केन्द्रबीच १०६ स्थानमा तालमेल भए पनि त्यति सफल नभएको स्मरण गर्दै पुनले देशव्यापी संगठन भएका पार्टीबीच नै ६० प्रतिशत स्थानमा तालमेल हुनु सामान्य कुरा नभएको बताए।

‘बिगतमा हामीले माओवादी केन्द्र र कांग्रेसबीचमा गठबन्धन गरेका थियौं’ उलने भने, ‘१0७ पालिकाहरूमा गठबन्धन गरेका थियौं । तर, त्यो त्यति खासै सफल भएन विगतमा । त्यो हेर्दा अहिले ६० प्रतिशत भन्दा बढी ठाउँमा तालमेल हुनु भनेको सफलता नै हो । किनभन्दा कांग्रेस देशव्यापी आफ्नो संगठन भएको पार्टी हो । २६३ स्थानमा प्रमुख जितेको पार्टी हो । झण्डै साढे तीन सय स्थानमा दोस्रो स्थानमा रहेको पार्टी हो ।’

उनले थपे, ‘त्यसैगरि माओवादी पार्टीले १०६ स्थानमा प्रमुख जितेको छ । ९९ स्थानमा दोस्रो भएको छ । त्यसै गरी झण्डै साढे चार सय स्थानमा तेस्रो स्थानमा छ । देशव्यापी संगठन छ, प्रतिस्पर्धी पार्टी हौं । र, समाजवादी, जसपा र राजमोको आआफ्नै संगठन र बेसहरू छन् । यसरी देशव्यापी रुपमा संगठन भएको पार्टीहरुका बीचमा जस्ताको त्यस्तै देशभरी तालमेल हुन्छ भन्नु पनि सायद मनोगत हुन्थ्यो ।’

कतिपय ठाउँमा माओवादी र कांग्रेसबीचमै प्रतिस्पर्धा रहेकाले त्यस्ता ठाउँमा मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको पनि पुनले बताए । अहिलेको गठबन्धन संघीय चुनावसम्मै जाने दावी समेत गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?