+
+
Shares

पर्यवेक्षकको रुपमा पूर्वप्रमुख निर्वाचन आयुक्त यादवको नाम अस्वीकृत

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १२:५७

२७ वैशाख, काठमाडौं । निर्वाचन आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवलाई पर्यवेक्षकको रुपमा अनुमति दिन अस्वीकार गरेको छ । कुनै राजनीतिक दलको विभागमा आवद्ध भएका कारण उनको नाम अस्विकृत भएको हो । अनुमती पाएको भए उनी विशेष पर्यवेक्षकको भूमिकामा रहने थिए ।

‘निर्वाचन पर्यवेक्षणका लागि उहाँको नाम र निवेदन पनि आयोगमा आएको थियो,’ निर्वाचन आयोग स्रोतले अनलाइनखबरलाई भन्यो, ‘आयोगकै एकजना व्यक्तिले उहाँ कुनै दलको केन्द्रीय विभागमा आवद्ध भएको जानकारी गराउनुभयो । त्यसबारे सोधपुछ गर्दा उहाँ आवद्ध रहेको थाहा भएपछि हामीले अनुमति दिन सकेनौं ।’

नेकपा माओवादी केन्द्रले २३ मंसिर २०७८ मा जारी गरेको सूचीमा उनी केन्द्रीय निर्वाचन विभागको सदस्य रहेको भनी उल्लेख छ ।

आयोगले पूर्वन्यायाधीश, संवैधानिक निकायका अधिकारी तथा अवकाशप्राप्त विशिष्ठ श्रेणीका कर्मचारीलाई विशेष पर्यवेक्षकको रुपमा अनुमती दिने गरेको थियो । डा. यादवको नाम पनि विशेष पर्यवेक्षकको रुपमा सिफारिस भएको आयोगबाट अस्विकृत भएको हो ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?