+
+

‘हनी बनी’का लागि लण्डन उडे सलोन, जसिताको जोडीमा भारतीय अभिनेता तय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २७ गते १२:१९

काठमाडौं ।  दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’ छायांकनका लागि अभिनेता सलोन बस्नेत बेलायतको लण्डन प्रस्थान गरेका छन् । यसैसाता उनी यो फिल्ममा अनुबन्धित भएका थिए ।

नायिकामा जसिता गुरुङ तय भए पनि नायक चाहिं टुंगो लागिसकेको छैन । फिल्ममा सलोन पनि मुख्य भूमिकामा हुने लण्डनमा रहेका निर्देशक भट्टराईले जानकारी दिए ।

लण्डन उड्नुअघि अनलाइनखबरसँग कुरा गर्दै सलोनले ‘हनी बनी’को छायांकनलाई लिएर उत्साहित भएको बताए । अभिनेत्री गुरुङ पनि अहिले लण्डनमै छिन् । सबै छायांकन बेलायतका विभिन्न सहरमा हुने योजना छ ।

यसैबीच मुख्य नायकमा भारतमा रहेर म्युजिक भिडियोमा अभिनय गरेका एक मोडल फाइनल भएको जनाइएको छ । छायांकनकै लागि उनको पनि बेलायती प्रवेशाज्ञा लिने प्रक्रिया सुरु रहेको भनिएको छ । यदि प्रवेशाज्ञा नआएमा अर्को कलाकार लिनुपर्ने हुँदा उनकोबारे केही खुलाइएको छैन ।

अन्तिम समयमा अनमोल केसी र सारा श्रीपाइली फिल्मबाट हटेपछि ‘हनी बनी’ पूर्वनिर्धारित योजनाअनुसार छायांकनमा जान सकेको छैन । नायिका फाइनल नै नभई छायांकनमा जान हतार गरिएको भन्दै अनमोललले फिल्म छाडेको जनाएका थिए । साराको भने बेलायको प्रवेशाज्ञा आउन सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?